
काठमाडौँ, बैशाख ४ । एमालेको भ्रातृ संगठन युवा संघ नेपाल संघको नयाँ नेतृत्वको चर्चा चलिरहेका बेला नेता माधवकुमार नेपाल पक्षले युवा संघ विभाजनको निर्णय गरेका हुन् । दुई खेमामा बिभाजित हुने भएको छ । आज ४ बजे पत्रकार सम्मेलन गरेर औपचारिक जानकारी दिने तयारी भएको सचिव नरेश शाहीले बताएका छन् ।
अध्यक्ष राजीव पहारी, पूर्व अध्यक्ष महेश बस्नेतलगायतको समूह बामपन्थी एकतादेखि विधि र नियम मिच्न उद्यत रहेको ठहर गर्दै समानान्तर कमिटी गठनको निर्णय भएको शाहीले बताए ।
युवा संघलाई राजनीतिक संगठनभन्दा पनि लुटीखाने भाँडो बनाएर चलाएको ठहर नेपाल समूहको छ ।
akhabardainik.com
Facebook Comments