Loading...
राजपाको बार्षिक उत्सबकै दिन उपाध्यक्षसहित ३३ केन्द्रिय सदस्यले गरे नया पार्टी घोषणा
काठमाडौँमा राजपा नेपालको बार्षिक उत्सब चलिरहदा उता मधेशमा असन्तुष्ट नेताहरुले अर्को पार्टी घोषणा गरेका छन् उपाध्यक्ष अशोककुमार यादवको नेतृत्वमा असन्तुष्ट समूहले राष्ट्रिय जनता पार्टी (लोकतान्त्रिक) को घोषणा गरेको हो । उपाध्यक्ष यादवसहित ३३ जना केन्द्रीय सदसस्यहरुले राजपाबाट छुट्टिएर नयाँ पार्टी घोषणा गरेका हुन् । महाधिवेशन नहुन्जेलसम्मको लागि ११ सदस्यीय तदर्थ समिति समेत गठन गरिएको उनीहरुले जानकारी दिएका छन् । तदर्थ समितिको संयोजकमा अशोककुमार यादव, सह-संयोजकमा रीतेश कुमार सिंह, कोषाध्यक्षमा मधुमाया यादव, महासचिवमा सुवासचन्द्र बिराजी, महासचिवमा जीवन साह, सचिवहरुमा साधना यादव र लक्की शर्मा रहेका छन् । यस्तै प्रवक्तामा दिपेन्द्र यादव, केन्द्रीय तदर्थ समिति सदस्यहरुमा धर्मराज गुप्ता, विपना आचार्य र शम्भु पण्डित रहेका छन् ।

 

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *