Loading...
बिना प्रमाण पत्रकार विजयलाइ बदनाम गर्ने केहि संगठनहरुलाई सचेत हुन प्रेस फोरमको चेतावनी

पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघको यहि वैशाख २२ गते हुन गइरहेको प्रादेशिक निर्वाचनमा स्थानिय केही नेताहरुले गुण्डाहरुलाई परिचालित गरी नेपाल पत्रकार महासंघको प्रादेशिक निर्वाचनको माहौल बिगार्न र संघीयताप्रतिको हाम्रो मनोबललाई तोड्न नियोजित तरिकाले मधेशी पत्रकार समाज नेपालका महासचिव तथा व्यवसायिक रेडियो प्रसारक संघका प्रदेश –२ का संयोजक आरसी यादवमाथि भएको संघातिक आक्रमणको घटनाप्रति संघीय प्रेस फोरम नेपालले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

संघीयता विरोधी तीन दलीय सिण्डिकेट विरुद्ध संघीय प्रेस फोरम र अन्य मधेशी पत्रकार संगठनहरुले दिएको उम्मेदवारी पश्चात ठूला भनाउदा तिन संगठन युनियन, चौतारी तथा सेन्टरका केही गुण्डाहरुले नियोजित तरिकाले मधेशी पत्रकार समाजका पदाधिकारीहरुमाथि गरिरहेको आक्रमण तत्काल रोक्न र दोषीमाथि कडा भन्दा कडा कारवाही गर्न समेत संघीय प्रेस फोरम नेपालले जोडदार माग गरेको छ।
संघिय प्रेस फोरमले मधेशी संगठनहरु संगै मिलेर काम गर्दा गर्दै केहि आफूलाइ मधेशी ठान्ने तर अन्य जातका मान्छेको गुलामी गर्ने पत्रकारहरुले आक्रमणको दोषी संघिय प्रेस फोरम नेपाल भएको आरोप घटिया शब्दमा लगाएकाले शब्दको राम्रो प्रयोग गर्न र पुष्टिको आधारमा मात्र आरोप लगाउन प्रेस फोरम सचेत समेत गराएको छ । बिज्ञप्ति मा लेखिएको छ – ”
प्रदेश नम्बर २ का प्रेस फोरमका अध्यक्ष पदका उम्मेदवार विजय कुशवाहालाइ लक्षित गरि निकालेको बिज्ञप्ति भ्रामक तथा तथ्य हिन भएको व्यहोरा जानकारी गराउदै संघिय प्रेस फोरमले एकल उम्मेदवारी दिएको प्रति केहि संगठनहरु हतास मानसिकताले पत्रकार कुशवाहालाइ फसाउनका लागि आरोप लगाएको संगठनको ठम्याई रहेको छ ।
साथै संघियता पक्ष धर सबै संगठन लाइ मिलेर अगाडि बढ्न समेत प्रेस फोरमले अनुरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *