Loading...
प्रदेश प्रमुख कायस्थदवारा दशौ राष्ट्रपति रनिङ खेलकुद प्रतियोगिताको उद्धघाटन (भिडियो सहित)
ब्रम्हानन्द ठाकुर
१२ बैशाख, जनकपुरधाम । राष्ट्र निर्माण एवँ विकासको लागि उत्कृष्ट अनुशासित र सक्षम खेलाडीहरु उत्पादन गर्नु आजको आवश्यक्ता रहेको प्रदेश नं. २ का प्रमुख रत्नेश्वरलाल कायस्थले बताउनु भएको छ ।
सप्तरीको ठाकुरजी मावि जण्डौल स्थित अन्तर बिद्यालय स्तरीय दशौ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको प्रमुख आतिथ्यको आसनबाट बोल्दै प्रदेश प्रमुख कायस्थले खेलकुद प्रतिभाको खोजी गर्दै, प्रतिभाको सँरक्षण, सँम्बद्र्धन र प्रबद्र्धन गर्न स्थानिय, प्रदेश र सँघ स्तरीय विभिन्न खेलकुद प्रतियोगिताहरुको आयोजना गरिनु पर्ने बताउनुभयो । उहाँले भविष्यमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका प्रतियोगितामा सहभागी भै राष्ट्रको छवि उच्च बनाउन योगदान पुरयाउन सक्ने खेलाडी तयार गर्नु हाम्रो जिम्मेवारी रहेको बताउनुभयो ।
बैशाख १४ गतेसम्म हुने सो प्रतियोगिताको  प्रदेश प्रमुख कायस्थले उद्धघाटन गर्नुभएको छ । कार्यक्रममा प्रमुख कायस्थले खेलाडीहरुद्धारा गरिएको मार्चपास तथा कलाकौशलको अवलोकन समेत गर्नुभएको थियो । त्यस्तै केही खेलाडीहरुलाई प्रदेश प्रमुखले दोसल्ला ओढाई प्रमाण पत्रका साथ सम्मान समेत गर्नुभएको थियो ।
सो प्रतियोगितामा एथलेटिक्स, भलिवल, कब्बडी, कराँते, तेक्वान्दो तथा उसु छात्र तथा छात्रा दुवै समुहबिच हुने आयोजकले बताएको छ । प्रतियोगिताको उद्धघाटन १५०० मिटर छात्रा समुहको दौडबाट गरिएको थियो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *