
नेकपा एमालेकी सांसद अनेरास्ववियुकी अध्यक्ष नविना लामाले आज लगन गाँठो कस्ने भएकी छिन । अनेरास्ववियुका पूर्व केन्द्रीय सदस्य प्रविन श्रेष्ठसँग लगान गाँठो कस्न लागेकी लामाको बिबाहमा प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली प्रमुख अतिथिको रुपमा उपस्थित हुने भएका छन । बिबाहको सम्पूर्ण व्यवस्थापन अनेरास्ववियुले गरेको छ ।
अनेरास्ववियुका कार्यबाहक अध्यक्ष महेश बर्तौलाले बिबाहको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिँदै अतिथि सत्कार, खानाको व्यवस्थापन र स्वयंसेवक परिचालनका लागि छुट्टै कमिटी गठन गरी व्यवस्थापन गरिएको जानकारी दिए । झण्डै तीन हजार जना बिबाह समारोहमा उपस्थित हुने जनाइएको छ । बिबाहमा शुभकामना दिन जाने अतिथिलाई जेरी समोसा, केरा, दही र लालमनको व्यवस्था गरिएको छ ।
arthasanjal.com
Facebook Comments