
ब्रम्हानन्द ठाकुर
१३ बैशाख, जनकपुरधाम । समाज निर्माणमा महिलाहरुको महत्वपुर्ण योगदान रहेकाले महिलाहरुको सम्मानजनक उपस्थितिका लागि प्रदेश सरकार तत्पर हुनुपर्ने प्रदेश नं. २ का प्रमुख रत्नेश्वरलाल कायस्थले बताउनुभएको छ ।
जनकपुरधाम स्थित ब्रहमाकुमारी राजयोग मिथिला बाटिकामा भएको स्नेह मिलन समारोहमा प्रमुख अतिथिको आसनबाट बोल्दै प्रदेश प्रमुख कायस्थले मानव सेवाको भावनालाई लिएर सँचालित रहेको ब्रहमाकुमारी राजयोगको प्रँशसा गर्दै उत्तरोत्तर प्रगतिको कामना समेत गर्नुभयो ।
त्यस्तै कार्यक्रममा बिशिष्ट अतिथिका रुपमा उपस्थित आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवले शान्ति सुशासनको बिना बिश्व समृद्ध हुन नसक्ने हुँदा ब्रहमाकुमारी राजयोग सँस्थाले मानव कल्याणार्थ पुरयाउँदै आएको सेवाको भावनालाई बढाउन यसको शाखाहरु बिस्तार गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा बिभिन्न साधक साधिकाहरुको समेत उपस्थिति रहेको थियो ।
Facebook Comments