Loading...
प्रजातन्त्रको रक्षा र सुद्धृढिकरणमा नागरिक शिक्षाको भुमिका महत्वपुर्ण- रत्नेश्वरलाल कायस्थ

ब्रम्हानन्द ठाकुर

१५ बैशाख, जनकपुरधाम । प्रदेश सरकारलाई सफल र समृद्ध बनाउन सबैको सहयोग अपरिहार्य रहेको प्रदेश नं. २ का प्रमुख रत्नेश्वरलाल कायस्थले बताउनुभएको छ ।
एफईएस नेपाल ( Fredric Ebert stiftung Nepal ) तथा सेट्स नेपाल ( Center for economic and Technical Studies Nepal ) को आयोजनामा प्रजातन्त्रको सुद्धृढिकरणमा नागरिक शिक्षाको भुमिका बिषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रमुख कायस्थले प्रजातन्त्रको रक्षा तथा सुद्धृढिकरणमा हरेक नागरिकको सहयोगको आवश्यक्ता रहेकाले नागरिक शिक्षाको भुमिका महत्वपुर्ण हुने बताउनुभयो ।
उहाँले प्रदेश सरकारबाट हुने कमी कमजोरीलाई बेला बेलामा नागरिक समाजले लिखित रुपमा सुझाव दिई प्रजातन्त्रलाई सबल पार्न सबैले आ आफ्नो ठाउँबाटै सहयोग गर्नुपर्ने पनि बताउनुभयो ।
कार्यक्रममा बरिष्ठ पत्रकार राजेश्वर नेपालीले हरेक भाषाको सँरक्षण गरी अगाडी बढ्न सकेमा देश समृद्ध हुने बताउनुभयो । त्यस्तै, प्रदेश नं. २ मा सिँचाईको व्यबस्था गर्न सकिए यो प्रदेश कृषि क्रान्तिको क्षेत्रमा अग्र स्थानमा रहने पनि बताउनुभयो ।
१५ र १६ गते दुई दिन सम्म चल्ने सो कार्यक्रममा अधिँकाशले प्रजातन्त्रको सुदृढिकरणमा नागरिक शिक्षाको खाँचो रहेको औल्याएका थिए ।
कार्यक्रममा प्रदेश नं. २ का मुख्य न्याधिवक्ता दिपेन्द्र झा, एफईएस नेपालका कन्ट्री डाईरेक्टर जर्मन नागरिक ऐनेट स्लीस्ट, पुर्व मन्त्री यदुवँश झा, सरस्वती चौधरी, शितल झा, बिभिन्न राजनितिक पार्टीका प्रतिनिधि, अधिवक्ता तथा पत्रकारहरुको उपस्थिति रहेको थियो ।
सो कार्यक्रममा अधिवक्ता रेखा झा र चन्द्रदेव भट्टबाट छुट्टा छुट्टै २ वटा कार्यपत्र प्रस्तुत हुने कार्यक्रम पनि रहेको आयोजकले जनाएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *