
वीरगन्ज (पर्सा), १४ वैशाख ।
नेकपा माओवादी केन्द्र बारा क्षेत्र नं. ३ (ख) की विद्यायिका ज्वाला कुमारी साहले काठमाडौंमा मात्रै देख्ने गरिएको अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता अहिले वीरगन्जमा देख्न पाउँदा ज्यादै खुशी लागेको बताइन् ।
नेपाल सेकाई क्योकुशिन कराते संघ बारा, चैनपुरले परवानीपुर स्थित डि.ए.भी.आर.वि. केडिया स्कुलमा आयोजना गरेको प्रथम अन्तर्राष्ट्रिय क्योकुसिन कराते प्रतियोगिताको उद्घाटन गर्दै प्रमुख अतिथि साहले नेपालकै आर्थिक नगरीको रुपमा रहेको वीरगन्जले यस्ता यस्ता राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको खेलकुदहरु अझै ल्याउनुपर्ने बताएकी थिइन् ।
उनले स्वास्थ्य तथा मनोरञ्जनको लागि भएपनि खेलकुद अपरिहार्य भएको हुनाले खेलकुद विकास गर्नु हामी सबैको दायित्व हुन्छ, तर विडम्बना छ हामीकहाँ खेलकुदको साधन श्रोत छैन, केही साधन श्रोत भएपनि त्यसको संरक्षण हुन नसकेकोप्रति दुःख व्यक्त राज्यले मात्रै नभई अब प्रदेश स्तरबाट भएपनि खेलकुदको विकास तर्फ अगाडि बढ्नुपर्ने बताएकी थिइन् ।
खेलकुद मैदान व्यवस्थित गर्न तथा खेलाडी भाईबहिनीहरुलाई पनि प्रोत्साहन गर्नको निम्ति प्रदेश सरकारले विशेष कार्यक्रम ल्याउनुपर्ने आवश्यक रहेको भन्दै प्रमुख अतिथि विद्यायिका साहले खेलकुदको विकासको निम्ति वीरगन्जमा निर्माण गरिएको नेपालकै दोश्रो रड्डशाला १७ औं सताब्दीमा निर्माण गरिएकोमा अहिले २१ औं सताब्दीमा अझै प्रगति हुनुपर्नेमा विनाश हुँदै गइरहेको अवस्थामा देखि रहेका छौं यसलाई रोकी खेलकुद मैदानहरुलाई संरक्षण गर्नुपर्ने बताइन् ।
नेपाल सेकाई क्योकुशिन कराते संघका सचिव भिखारी साह कानुको सभापतित्वमा आयोजित उक्त कार्यक्रममा राजपाका नेता शिव पटेल, उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष प्रदीप केडिया लगायतले आआफ्नो शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
वैशाख १४ र १५ गते दुईदिन चल्ने उक्त प्रतियोगितामा नेपाल, भारत तथा भुटानका खेलाडीहरु भाग लिएका छन् भने उक्त खेलको निर्णायकमा कराते सेन्साई नरेश राउत कुर्मी (वीरगन्ज), सुजित पाण्डे (हैद्रावाद), दिलदार सिंह (हैद्रावाद), रोहित बेयाली (काठमाडौं), करण बहादुर राई (सर्लाही), मिन लामा (रौतहट), अपरा बोहरा (भुटान), अजय होल्डर (कोलकत्ता), अरुण सिंह (यु.पि.) तथा एम.डि. नसरुद्दिन रहेका छन् ।
Facebook Comments