Loading...
पर्सा जिल्लालाई फोरममय बनाउने फोरम नेपालका सांसद प्रदिप यादव जनकपुरमा सम्मानित

विजय कुशवाहा,

जनकपुरधाम, बैशाख १४ । संघीय समाजवादी फोरम नेपाल पर्साका अध्यक्ष एवं सांसद प्रदिप यादवलाई जनकपुरमा सम्मानित गरिएको छ । मधेसी स्वास्थ्यकर्मी फोरम नेपालको तेश्रो महाधिवेशन २०७५ को उद्घाटन समारोहमा २०७४ सालमा सम्पन्न विभिन्न निर्वाचनमा सिंगो पर्सा जिल्लालाई फोरममय बनाउन सांसद यादवले निर्वाह गर्नु भएको नेतृत्वदायी भुमिकाको उच्च मुल्यांकन गर्दै संघिय समाजवादी फोरम नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव, प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउत गद्दी र मधेसी स्वास्थ्यकर्मी फोरम नेपालका केन्द्रिय अध्यक्ष बालकिशोर यादवले संयुक्त रुपमा सांसद यादवलाई सम्मानित गरेका हुन । स्वास्थ्यकर्मी फोरमका राष्ट्रिय अध्यक्ष बालकिशोर प्रसाद यादवको अध्यक्षतामा भएको महाधिवेशनको उद्घाटन सत्रमा प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री विजय यादव, सांसदहरु प्रदीप यादव, उमाशंकर अरगरिया, डा. सुरेन्द्र यादव, प्रदेश सभा सदस्य राम अशिष यादव, बौद्धिक पेशाकर्मी महासंघका उपाध्यक्ष जितेन्द्र यादव सहितका वक्ताहरुले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *