Loading...
लगभग २० करोडको सुनमा ६ प्रहरी अधिकारीसहित २८ नियन्त्रणमा, एसएसपी खत्री फरार

वैशाख, काठमाडौं । साढे ३३ केजी सुन प्रकरण थप रहस्यमय बन्दै गएको छ । आइतबारमात्रै पूर्वगएको अपराध महाशाखाका अनुसन्धान टोलीका नेतृत्वकर्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रजित केसी पक्राउ गरेका थिए ।

यसअघि पूर्व डिआईजी गोविन्द निरौला, एसपी विकासराज खनाल, डिएसपी सञ्जय राउत, सई बालकृष्ण सञ्जेल र प्रहरी जवान विष्णु खड्का पक्राउ परिसकेका छन् । अनुसन्धान समितिले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) श्याम खत्रीलार्इ पनि बोलाएको भएपनि उनि फरार रहेका छन् ।

उनी अहिले सम्पर्कविहीन छन् । उनको माबाइल पनि स्वीच अफ छ । उनलार्इ फरार प्रतिवादी बनाएर मुद्दा चलाउने तयारी भइरहेको प्रहरी स्रोतको भनाइ छ । सरकारले प्रकरणको छानबिन गर्न गठन गरेको समितिले आइतबारसम्म २८ जनालाई नियन्त्रणमा लिएर कर्तव्य ज्यान र संगठित अपराध अन्तरगत मुद्दा चलाएको छ । जसमा ६ जना प्रहरी अधिकारीहरु छन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *