Loading...
एमाले माओवादीको एकता कोदो र तोरीको मिश्रण, न तेल निस्किन्छ न त पिठो : अशोक राई

काठमाडौं : संघिय समाजवादी फोरम नेपालका वरिस्ठ नेता अशोक कुमार राईले एमाले माओवादी को एकतालाई कोदो र तोरीको मिश्रणको संज्ञा दिएका छन् l

समाजवादी विद्द्यार्थी फोरम नेपाल द्वारा राजधानीमा आयोजित सम्मान कार्यक्रममा बोल्दै राईले माओवादीलाई तोरी र एमालेलाई कोदोको संज्ञा दिदै यी दूई वस्तुको मिश्रण र घुलमिल बाट न तेल निस्किन्छ न त पिठो नै त्यसो भएको हुदा मुलुकले  कम्युनिस्ट एकता बाट ठुलो  अपेक्षा गर्नु बेकार रहेको उहाको दावी छ l

आफुहरु एमाले माओवादी को एकता होस् भन्ने पक्ष मा नै रहेको तर जस्तो तस्विर अहिले बाम एकता भए पछी हुन्छ भनेर चित्रित गरिएको छ त्यस्तो हुन सक्दैन र त्यो सम्भव नरहने राईको जिकिर छ l थप सन्दर्भ जोड्दै राईले ओली सरकार को नेतृत्व मा आफुहरु जान नखोजेको तर केपी ओली जी ले १ पटक मात्र हैन ४ पटक सम्म तपाईहरुको  सरकार निर्माण मा आवश्यक खड्केको हुदा आइदिनु पर्यो भनेर धारन्धार अनुरोध गरेका कारण सरकारलाई सर्त सहित विश्वासको मत जाहेर गरेको तर संविधान संशोधन गर्ने लिखित प्रतिबद्दता नआए सम्म आफुहरु सरकारमा जागिर खान नजाने उहाको जिकिर छ l

अर्को प्रसंगमा नेता राईले यति बेला केहि ठुला भनौदा राजनीतिक दलहरु  बाख्राको टाउकोमा रागाको सिंग झुण्ड्याउन उद्दत भएको जस्तो गरि संघीयतालाई असफल गराउन लागि परेको पाइन्छ तर यो सम्भव नहुने उहाको जिकिर छ l

नेपालको वर्गीय क्षेत्रीय लैंगिग भाषिक सास्कृतिक उत्पीडन को अन्त्य गरि मुलुकलाई न्याय समानता र समृद्धिको दिशामा अगाडी बढाउन आफुहरु लागि परेको तर केहि दलहरुले जातिवाद बिखन्डन कारिको बिल्ला भिराएर जनतामा भ्रम छरेको प्रति आफ्नो आपत्ति रहेको उहाले बताएका छन् , हामीले उठाएको एजेन्डा कुनै समुदाय धर्म लिंग प्रति केन्द्रित हुदै हैन तर संचार माध्यम र जिम्मेवार पार्टीहरुले नियतवस भ्रम छरेर गलत प्रचार गरेको प्रति आफुहरुको  गुनासो रहेको राईले वताएका छन् l

tibrasamachar.com

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *