
काठमाडौं १८, वैशाख । संघीय समाजवादी फोरम नेपालको श्रमिक संगठन समाजवादी लोकतान्त्रिक ट्रेड यूनियन महासंघको एकीकरण घोषणा भएको छ । राष्ट्रिय लोकतान्त्रिक ट्रेड यूनियन महासंघ स्वतन्त्र र समाजवादी ट्रेड यूनियन महासंघ नेपालबीच महासंघ एकीकरण भएको हो ।
मंगलबार राजधानीमा आयोजित एक समारोहमा फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले श्रमिक हकहित र संरक्षणको लागि संघर्षरत समाजवादी ट्रेड यूनियन महासंघ एकीकृत भएको घोषणा गरेका हुन् । एकीकरणपछिको ट्रेड यूनियन महासंघको अध्यक्षको जिम्मेवारी नवराज दाहालले पाएका छन् । महासंघको सहअध्यक्षमा जोगीलाल यादव, वरिष्ठ उपाध्यक्षमा अर्जुन लम्साल छन् ।
उपाध्यक्षमा विन्देश्वर राय यादव, सुनिता देवी बराल, प्रेम भुजेल, सपना अर्याल र हेमन्त माण्डव छन् । त्यस्तै, महासचिवमा डिबी सरोज राई रहेका छन् । उपमहासचिवमा हरिश दाहाल, दयाराम राई, शैलेन्द्र बैद्य र बलराम चौधरी चुनिएका छन् ।
सचिवमा यज्ञकुमार राई, कुलमायागोले, बासुदेव यादव, गोपाल राई, राजेन्द्र भुषाल र रामविलास यादव छन् । शोभा मण्डललाई कोषाध्यक्षको जिम्मेबारी दिइएर सत्तासी सदस्यीय ट्रेड यूनियन महासंघ एकीकरण घोषणा भएको छ ।
फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रमको विशिष्ठ अतिथिमा पार्टीका वरिष्ठ नेता अशोक कुमार राई र सहअध्यक्ष राजेन्द्र श्रेष्ठको उपस्थितिरहेको थियो ।
Facebook Comments