Loading...
बुद्धिजीवि तुलानारायण साहसहित इंजीनियर र व्यवसायीहरु फोरम नेपालमा प्रवेश

काठमाडौं २०, वैशाख ।बौद्धिक व्यक्तित्व तुलानारायण साहसहित इंजीनियर र व्यवसायीहरुको समूह संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेका छन् । फोरम नेपालको नीति, सिद्धान्त, रणनीति र कार्यदिशालाई स्वीकार र समर्थन गर्दै उनीहरुले फोरम नेपालको पार्टी सदस्यतालिएका छन् ।
काठमाडौंमा फोरम नेपालको जारी केन्द्रीय समितिको बैठकमा बिहिबार पार्टी अध्यक्ष उपेन्द्र यादवले उनीहरुलाई टिका लगाएर पार्टी प्रवेश गरेका छन् । बैठकलाई केहीबेर स्थगित गरेर सम्पूर्ण केन्द्रीय सदस्यको उपस्थितिमा अध्यक्षयादवले उनीहरुलाई पार्टी प्रवेश गराए ।
पार्टी प्रवेश गर्नेमामधेशका बुद्धिजीवि सप्तरीका तुलानारायण साह, सर्लाहीका इंजीनियर मनोज वर्मा र धनुषाका देवनाराण यादव, व्यवसायीहरु सिरहाका रुद्रराज डोटेल र रेणु यादव रहेका छन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *