वीरगंज २० बैशाख ।
राष्ट्रिय सुचना तथा संचार प्रविधि दिवसको २०७५ को अवसरमा आज बीरगंजमा ¥याली निकालीएको छ । कम्प्यूर एशोसिएसन नेपाल महासंघ, पर्साको आयोजनामा बीरगंजको घण्टाघरबाट निकालेको ¥याली माईस्थान, आदर्शनगर, अलखियामठ हुँदै पुनः घण्टाघरमा पुगी कोण सभामा परिणत भएको थियो । कोण सभालाई सम्बोधन गर्दै कम्प्यूर एशोसिएसन नेपाल महासंघ, पर्साका अध्यक्ष आलोक चौरसियाले कम्प्युटर एशोसिएसन नेपाल महासंघ, पर्सा शाखाका लागि आफु सधै अगाडी रहने बताउनु भयो । वहाँले उक्त क्षेत्रमा काम गर्ने ब्यक्तिहरुको हित एवं संरक्षणका लागि सदैव अघि बढ्ने बिश्वास ब्यक्त गरेका थिए । ¥याली पश्चात सहभागीहरुले घण्टाघरमा दिप प्रजवलीत समेत गरेका थिए । कार्यक्रममा एशोसिएसन नेपाल महासंघ, पर्साका उपाध्यक्ष प्रशान्त कुमार, सचिव अमृत सिंह, सहसचिव राकेश साह, बरिष्ठ सल्लाहकार डा.हरिशंकर साह, अब्दुल कलाम, नेशनल इन्फोटेक कलेजमा बिद्यार्थीहरुको सहभागीता रहेको थियो ।
Loading...
Facebook Comments