Loading...
प्रदेश न. २ मा संघिय प्रेस फोरम सबै भन्दा ठुलो संगठन, दम्भ देखाएर हारे “मधेशी गठबन्धन”

सरोज खिलाडी

नेपाल पत्रकार महासंगको प्रदेश निर्वाचनमा धेरै बैठक र छलफल गरेर मधेशी गठबन्धन बनाउन प्रयास गरेको संघिय प्रेस फोरम नेपाललाइ र प्रेस फोरमको अध्यक्षका उम्मेदवारलाइ स्विकार्न नसकिने भन्दै दम्भको राजनीति गरेका चार संगठनले नराम्रो पराजय भोगेका छन् । ति चार संगठनमा मधेशी पत्रकार संघ, मधेशी पत्रकार समाज नेपाल, राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल निकट प्रेस मञ्च, नेपाल र मधेश मिडिया मिसन रहेका छन् । यी संगठनहरुले प्रेस फोरमको प्रतिष्ठामा नै प्रश्न उठाउदै पहाडि संगठनको संज्ञा दिएर भिन्नै गठबन्धन “मधेशी पत्रकार गठबन्धन” खडा गरेपछि पाउँ जस्तो अमिलो हारको मज्जा चाखेका हुन ।

यस्तो छ मत परिणाम

प्रेस युनियन , प्रेस चौतारी र प्रेस सेन्टर = ३४७
मधेशी गठबन्धन (४ संगठन) = २४७
संघिय प्रेस फोरम = ११६

यसरी भयो प्रेस फोरम ठूलो

युनियन , चौतारी र प्रेस सेन्टर ले पाएको मत ३४७ लाइ तिनले भाग गर्दा लगभग ११६ हुन्छ भने मधेशी पत्रकार गठबन्धनले पाएको मत २४७ लाई ४ ले भाग गर्दा लगभग ६२ मत एक संगठन ले पाएको छ भने संघिय प्रेस फोरम ले एक्लै ११६ मत पाएका छन् । यति मात्र होइन २ न प्रदेशको ८ वटै जिल्लामा यी सबै संगठन बिस्तार छन् भने प्रेस फोरम महोतरी, रौतहट र सर्लाहीमा संगठन बिस्तार गरेको छैन । अर्थात प्रेस फोरमले पाएको भोट केवल चार जिल्लाको हो ।

जित सुनिश्चित थियो

मधेशी गठबन्धन (४ संगठन) = २४७ र संघिय प्रेस फोरम = ११६ को मत जोड्दा ३६३ हुन्छ तर युनियन गठबन्धनले पाएका मत ३४७ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *