Loading...
मोदीकालागी भईरहेको तयारी प्रति प्रदेश प्रमुख कायस्थ गम्भीर, आफैले गरे तयारीको निरिक्षण

ब्रम्हानन्द ठाकुर

२५ र्बैशाख, जनकपुरधाम । प्रदेश नं. २ का प्रमुख रत्नेश्वरलाल कायस्थले मोदी आगमणलाई लिएर जनकपुरधाममा भईरहेको तयारीका बिषयमा जानकारी लिनुभएको छ ।
यही बैशाख २८ गते जनकपुरधाममा भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीको आगमणलाई लिएर भईरहेको बिभिन्न ठाउँको तयरीका बिषयमा प्रदेश प्रमुख कायस्थले निरिक्षण गर्नुभएको छ ।
जनकपुरधामको रँगभुमि मैदान बारहबिग्हा पुगी उहाँले मोदीलाई गरिने अभिनन्दन समारोहका लागि निर्माणधिन मँच तथा त्यहाँका तयारीका बिषयमा आन्तिरक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवसँग जानकारी लिनुभएको छ ।
त्यस्तै, उहाँले जानकी मन्दिर पुगी जानकी मन्दिरको सरसजावट, तयारी तथा पुजापाठका बिषयमा जानकी मन्दिरका छोटा महन्थ राम रोशन दाससँग जानकारी लिनुभएको हो ।
यस्तै, निरिक्षणका क्रममा मोदीको हेलिकप्टर अवतरण हुने भनिएको जनकपुरक बिमानस्थलमा पुगी बिमानस्थलका प्रमुख मुरारी पौडेलसँग जानकारी लिनुभएको हो ।
उहाँले मोदीको अवतरण हुने स्थानदेखि जानकी मन्दिर तथा बारह बिग्हा मैदान सम्मको रुटको निरिक्षण गर्नुभएको थियो

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *