Loading...
सबै जात जातिलाई राज्यका हरेक अंगमा सहभागिताकोलागि यस्तो छ फोरमको रणनीति

२०७५ बैशाख २९, रत्ननगर
संघिय समाजवादी फोरम, नेपाल चितवनले “सधै लड्यौ अरुका लागि अब लडौ आफ्नै लागि” भन्ने नारालाई साकार पार्नका लागि आज अन्तरक्रिया कार्यक्रम गरेको छ । साथै फोरमले यो नारालाई प्रचार प्रसार गर्नका लागि पत्रकार सम्मेलन समेत गरेको छ । राजनैतिक उपलब्धीहरुलाई संस्थागत गर्दै देशले अब आर्थिक समृद्धी र विकासलाई नयाँयुगको नेतृत्व गर्न अगाडी बढ्नु पर्दछ, प्रेस विज्ञप्ती उल्लेख छ ।
कार्यक्रम फोरम नेपाल चितवनका अध्यक्ष प्रेम भुजेलले कार्यक्रममा आफ्नो मन्तव्य दिदै राज्यद्वारा सदियौ देखी उत्पीडन शोषण, अन्याय र विभेदमा पारिएका आदिवासी जनजाती, मधेशी, मुस्लीम, दलित, महिला, यौनिकतथा लैङ्गिक, अल्पसंख्यक, पिछडा वर्ग र सिमान्तकृत, आर्य, खसहरुलाई राज्यका हरेक क्षेत्र र निकायमा समानुपातिक, समावेशी सहभागिताविना नेपालको राजनैतिक उपलब्धीलाई नत संस्थागत गर्न सकिन्छ नत देशले आर्थिक, समृद्धी र विकास नै गर्न सक्दछ भन्दै यिनै महत्वपुर्ण कुराहरु बुझ्न फोरम नेपाल चितवन जिल्ला पार्टिले राष्ट्रिय अध्यक्ष तथा पुर्वउपप्रधानमन्त्री उपेन्द्र यादवुको प्रमुख आतिथ्यमा समसामयिक विषयमा २०७५ वैशाख ३१ गते चितवनमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको जानकारी दिनुभयो ।
फोरम नेपाल चितवनका अध्यक्ष प्रेम भुजेलको अध्यक्षतामा सम्पन्नभएको कार्यक्रममा राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवका साथमा वरिष्ट नेताहरु आङ्काजी शेर्पा, रेणु यादव, प्रकास अधिकारी, युवराजकार्की लगाएतको उपस्थितिहुने कुराको जानकारी गराउनभएको थियो भने प्रेस विज्ञप्ती जिल्ला सचिव विमला मगरले वाचन गरी सवैलाई सुनाउनु भएको थियो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *