Loading...
पर्सागढीमा काँग्रेस मेयर यादवको दादागिरी , सर्वसाधारणमाथि हातपात

वीरगन्ज (पर्सा), २९ वैशाख ÷

स्थानीय स्तरको सस्यालाई समाधान गर्नका लागि सर्वसाधारणहरुले चयन गरेको स्थानीय प्रतिनिधिहरुले आफ्तो पदको घमण्ड गर्दै आतंक मच्चाउन थालेपछि सर्वसाधारण असुरक्षित भएको महसुस हुन थालेको छ ।

नेपाली काँग्रेस पार्टीबाट पर्सा जिल्लाको पर्सागढी नगरपालिकामा मेयर पदमा विजयी भएका लोकनारायण यादवले शनिबार विवाद फर्छयौट गर्ने क्रममा विवाद समाधान गर्नुको सट्टा विपक्षीलाई हातपात गर्नुएको सट्टा धाकधम्की समेत दिएका छन् । मेयर यादवले सोही नगरपालिकाको वडा नंं. ६ बस्ने रामनाथ शर्मालाई विवाद समाधानको क्रममा हातपात गर्नुको साथसाथै धाकधम्की दिएका छन् ।

चार जना दाजुभाईको जग्गा सम्बन्धी विवाद समाधान गर्न चैनपुरमा बसेको भद्रभलादमीहरुको भेलाबीच मेयरले विपक्षी रामनाथ शर्मामाथि दुव्र्यहार गर्नुको साथै हातपात गरेका छन् । आफ्नो पदीय घमण्डमा डुबेका यादवलाई सर्वसाधारणले समस्या समाधानको लागि चयन गरेका छन् कि कुटपिट गर्नका लागि ? अहिले चारैतिर यही प्रश्न उब्जेको छ ।

यस विषयमा पर्साका प्रहरी नायब उपरीक्षक राजन लिम्बुले मेयरले यस्तो कार्य गर्न नहुने बताए । विवादलाई समाधान गर्नु स्थानीय प्रतिनिधिको कार्य हो, हातपात गर्नु होइन, उनले गरेको कार्य कानून विपरित रहेको बताए ।

सधैंभरि आफ्नै आफन्तसँग झैझगडा तथा कुटपिट गर्न पल्केका मेयर यादवले सर्वसाधारणमाथि पनि हातपात गर्नका थालेका छन् । स्थानीय स्तर तथा सम्पूर्णको घर घरमा सरकारको पहुँच होस् भन्ने उद्देश्यले सरकारले स्थानीय प्रतिनिधिलाई चयन गरेको छ तर यस्ता गैरजिम्मेवार व्यक्तित्वहरु गाउँपालिका प्रमुख जस्तो पदमा चयन हुँदा स्थानीय प्रतिनिधिप्रति सर्वसाधारणको विश्वास गुम्दै गएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *