Loading...
प्रदेश २ संग गरेको घृणित ब्यबहार मुख्यमन्त्रिको आँखाको अगाडि घुमिरहन्छ – लाक्पा शेर्पा

ओलीको कुटनीतिक पाठ ‘इस्यु डाइर्भट’को माध्यम

लाक्पा शेर्पा

अहिले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अभिनन्दनका क्रममा प्रदेश नं. २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउतले दिएको अभिव्यक्तिलाई लिएर सुनियोजित रुपमा चारैतिरबाट टिका–टिप्पणी भइरहेको छ । राज्यसत्ताको भाषा बोल्ने केही सञ्चारजगत त्यही कुरालाई उचालेर प्रधानमन्त्री ओलीलाई अरु राष्ट्रवादी देखाउन उद्धत देखिएको छ । अर्कोतर्फ ओलीको नक्कली राष्ट्रवादिता र नेपाली राज्यसत्ताको चरित्र बुझ्ने मध्येका केहीलाई राम्रैसँग थाहा थियो । उनीहरुले ओलीको नक्कली राष्ट्रवाद नौटंकी मात्र हो, भन्ने तर्कहरु पनि राख्दै आएकै थिए । पछिल्लो विकसित घटना क्रमले अरु धेरै शंकाहरु थपेर तर्क–वितर्क चलिरहेको अवस्थामा चतुरमान ओलीलाई मोहम्मद लालबाबु राउतको भनाइ, अहिले बहसको कठगरामा उभिएको ओलीको नक्कली राष्ट्रवादको सक्कली रुप उजागर हुन्छ भन्ने भयले ‘इस्युलाई डाइर्भट’ गर्ने माध्यम बनाइएको छ । यसैको पछि यहाँका केही वुद्धिजीवी भनाउदा र सञ्चारकर्मी ओलीको पक्ष–पोषणमा मजाले नै उत्रिएको देखिन्छ । यस्तो लाग्छ अहिले ओलीले जे गरे पनि उनीहरुका लागि शुभ समाचार नै बन्छ । त्यसैले अधिकांश सञ्चारको मुख्य समाचार बन्छ । किनकि, आदिवासी जनजाति, मधेसी र शिल्पी समुदाय लगायतले खोजेको अधिकार प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीद्वारा उत्पादित नक्कली राष्ट्रवादको आवरणमा बञ्चित गर्नुछ र उही पुरानै हिन्दू सनातनी सांस्कृतिक ढर्रामा आधारित केन्द्रीकृत र एकात्मक राज्यसत्तालाई सदियौंसम्म निरन्तरता दिनुछ अनि आप्mना अनेकौ अभिष्टहरु पूरा गर्नुछ ।
संविधानप्रति असहमति राखेर ६÷६ महिना लाखौ जनता सडकमा आएर आन्दोलन गरेको र आन्दोलनको क्रममा सयौं पहिचान र अधिकारको पक्षधर जनताले सहादत प्राप्त गरेको आज दुनियाँलाई थाहा छ । यो संविधानलाई संशोधन गरेर सबै नेपाली जनताले स्वीकार गरेको नेपाल राष्ट्रको साझा संविधान बनाऔ भन्दै आदिवासी जनजाति, मधेसी र शिल्पी लगायतले दबाबपूर्ण आन्दोलन गर्दै आएको यतिका लामो श्रंखला नै भइसकेको अवस्था छ । आजको सन्दर्भमा यी यावत विषयलाई नजरअन्दाज गर्नु भनेको फेरि अर्को एउटा आन्दोलनको बिजारोपण गर्नु हो र समग्र शान्तिप्रेमी र न्यायप्रेमी नेपाली नागरिकलाई दुःख दिनु नै हो । अहिले सत्ताको मादकतामा रहेको नक्कली राष्ट्रवादधारीलाई लाग्न सक्छ मधेसी र आदिवासी जनजाति लगायतले उठाएको पहिचान, समानता, समानुपातिक प्रतिनिधित्व लगायतका सवालहरु आझेलमा पर्यो भनेर, अनि यही मौकामा पञ्चायती शैलीको विकास, समृद्धि र राष्ट्रियताको अवधारणमा अधिकारमुखी नागरिकलाई केही समय भुलाउनका लागि उनीहरुले नै हुर्काइ बढाइ गरेको केही सञ्चारगृहहरुलाई सुनियोजित ढंगबाट परिचालन गराइरहेको पनि हिजोआज मुुख्य पृष्ठका मुख्य शिर्षकहरु पढे पुग्छ । समाचारको भित्रसम्म पुग्नै पर्दैन । तर स्वयम् उत्पीडन भोगिरहेको समुदायहरुलाई, अधिकार खोज्दै सडकमा आएका आन्दोलनकारी सयौंको संख्यामा सहादत आप्mनै आँखा अगाडि देखेका र भोगेकाहरुलाई, पहिचान र अधिकारबाटै सदियौदेखि बञ्चित गराएर आप्mनो भाषा र संस्कृति हराउन बाध्य बनाइएकाहरुलाई यो मुद्दा कहिल्यै पुरानो हुनेवाला छैन, बेमौसमी हुनेवाला छैन भने प्रदेश नं. २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउत जो यही मुद्दाहरुको जगमा, सयौ अधिकारीमुखी नागरिकको बलिदानीको जगमा उभिएर चुनावबाट विजयी भई आज त्यो स्थानमा बसेको व्यक्तिले यी मुद्दाहरुलाई भुल्ने कुरै भएन । जनताले यी मुद्दाहरुलाई भुल्नका लागि विजयी गराएर पठाएका होइनन् । यो मुद्दालाई स्थापित गर्नका लागि पठाएका हुन् ।


हिजोआज केही बुद्धिजीवी र केही सञ्चारकर्मीहरु आदिवासी जनजाति, मधेसी, शिल्पी लगायतले उठाएको संविधान संशोधनको मुद्दा बेमौसमी हो भन्छन् । हामीलाई अचम्म लाग्छ प्रदेश नं. २ मा यही मुद्दाको आधारमा नै ससफो र राजपाका प्रतिनिधिहरुले चुनाव जितेका हुन् । अनि जुन मुद्दा उठाएर जनताले अत्याधिक बहुमत दिएर विजय गराएपछि यो मुद्दा अब जसरी पनि पूरा गर्नुपर्ने होइन र ? अब त यो मुद्दाले संस्थागत रुपमा नै पूरा गर्नका लागि जनताबाट अनुमोदन भएको होइन र ? अब त राज्यले जसरी पनि यो संविधान संशोधन गरेर यो मुद्दालाई सम्बोधन गर्नुपर्ने होइन र ? आपूmलाई बुद्धिजीवी भन्नेहरुले यति कुरा पनि किन बुझ्न नखोजेको ? सयौ व्यक्तिका बलिदानीका साथै लाखौ जनता सडकमा आएर ६÷६ महिना आन्दोलन गर्दा राज्य कानमा तेल हालेर बस्ने, अनि अहिले कुटनीतिक मर्यादाको पाठ सिकाउने सुहाउने विषय होइन । त्यस्तो मर्यादाको दुहाई दिनेले पहिले आप्mनो घरको समस्याहरु समाधान गर्नुपर्छ अनि भन्न सुहाउछ । होइन भने उत्पीडनमा परेको मान्छे, समस्यामा पारिएका मान्छेले भनेको कराउने नै हो, चिच्याउने नै हो, भ्याएसम्म सबैलाई हार गुहार गर्ने नै हो । यो कुनै नौलो र आश्चर्यको विषय होइन । सम्माननीय प्रधानमन्त्री श्री खड्गप्रसाद ओलीज्यू देशमा विद्यमान असल्ल समस्याहरु समाधान गर्नतिर नलागेर उल्टो लुकाउनतिर लाग्दा त्यसले भविश्यमा ठूलो दुर्घटना हुनसक्छ । त्यस्तो भयंकर दुर्घटनालाई निम्तो दिइरहेभैm लाग्दैछ हिजोआज तपाईको गतिविधिले । त्यसकारण सम्माननीय प्रधानमन्त्रीज्यू रोगले ग्रस्त शरीर जति नै सुन्दर र आकर्षक कपडाले ढाके पनि आखिरमा अनुहार त देखाउनैपर्ने हुन्छ । यसअर्थ, संविधान संशोधन गरेर यो संविधानको सर्वस्वीकार्यतालाई बढाउनुपर्छ । राष्ट्रप्रति सबैको अपनत्वको महशुस गराउनुपर्छ । सबै नागरिकमा यो मेरो राज्य हो भन्ने भावनाको सिर्जना गराउनु नै अबको प्राथमिकता हुनुपर्छ । राज्यप्रति असन्तुष्टि कायम रहेको खण्डमा कुटनीति र मर्यादाको पाठ जति नै घोकाए पनि त्यसले काम गर्दैन, ढुक्क भए हुन्छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *