Loading...
मन्त्रिकै उपस्थितिमा रौतहटमा संघीय प्रेस फोरम नेपालको गठन

रौतहट सदरमुकाम गौरमा संघिय समाजबादी फोरम नेपाल निकट संघीय प्रेस फोरम नेपालको गठन भएको छ । आज रौतहट को गौरमा प्रदेश न. २ का कृषि राज्य मन्त्रि योगेन्द्र यादवको उपस्थितिमा प्रेस फोरमका केन्द्रीय प्रतिनिधि विजय कुशवाहाको अगुवाइमा संघीय प्रेस फोरम रौतहट शाखाको गठन भएको हो ।
गठन भएको शाखाको अध्यक्षमा क्रान्तिद्वार पत्रिकाका सम्पादक किशोरी यादव, उपाध्यक्षमा मनिशा कुशवाहा र राकेश यादव रहेका छन् । त्यसैगरी सचिवमा चंचल झा , सहसचिवमा विश्वनाथ राम, कोषाध्यक्षमा ओमप्रकाश यादव रहेका छन् । तेह्र सदस्यीय कार्यसमिती गठन गरिएको प्रेस फोरमको सदस्यहरुमा दिपेन्द्र यादव, पप्पु झा, दिलिप पाण्डे, अमित ठाकुर, अजित कर्ण, राहल पाण्डे र करण कु मिश्र रहेका छन ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *