
नेपाली ‘नेल्शन मण्डेला’ आदिवासी जनजाति महाननेता साम्सद रेशम चौधरीलाई हिजो जेठ ६ गते,नेपाली सङ्घिय समाज युएईको महासचिव शुशी पुलामी घर्ती मगर ज्यू र म उहाँ रहेको डिल्लिवजार बन्दीगृहमागै, करिव ३ घण्टा ‘जातिय विभेद र त्यसको अन्त्य’ सम्बन्धमा घनिभूत भलाकुसरी गरियो।
भलाकुसारीमा, जवसम्म हाम्रो पहिचान र अधिकार प्राप्त हुदैन, हामी माथिको विभेद अन्त्य हुँदैन,तवसम्म तपाईं जेलमा नै बस्नुहोस्, सुरक्षाको दृष्टिकोणले पनि तपाईको निम्ति जेल नै ठिक छ,बाहिर के कसो गर्नु पर्ने हो? आन्दोलनको आगो के कसरी बाल्नुपर्ने हो.? त्यो काम हामी अझ सशक्त किसिमले गर्छौ,यदी तपाईं जेल बाहिर आउनुभयो भने, नश्लवादी शासकले फेरि अर्को कुनै झुठो मुद्दा सृजना गरेर पुनः जेल हाल्ने छ, भन्न गएका थियौं।
तर उहाँले उच्च मोरलका साथमा भन्नुभयो, मेरा शुभेच्छुक मित्रहरुलाई जानाकारी होस् मलाई यहाँ ज्यान मुद्दामा नभै, झुठो डाका एवं हातहतियार खरखजना मुद्दामा राखेको छ, पहिचान र अधिकारको मुद्दा छोडेर बाहुने पार्टीमा प्रवेश गर्ने होभने, आजै नै जेलवाट रिहाहुने र मन्त्री पद पनि प्राप्त हुने अफर प्राप्त भएको छ तर त्यसकोलागि म राजनितीमा आएको होइन, व्याक्तिगत सुख,सुविधा र लाभ मेरालागि गौण हुन्। यो नश्लवादी सरकारले मलाई कतिदिन जेलमा राख्न सक्छ..? आगामी असौज ३ गतेदेखी संविधान कार्यनयन हुन जाने र त्यसपछि मलाई जेलमा राख्न सक्ने छैन। म निस्केको दिनदेखी नै सारा उत्पीडित जाति समुदायलाई एकै ठाउँमा भोट हाल्ने गराउछु। ससफो र राजपालाई एकीकरण गराउन सक्ने कोडिनेटरको भूमिका निर्वाह गर्नसक्ने एउटा रेशम चौधरीमात्र छ, त्यो म बाहिर आएको दिनमा नै गराउने छु। मलाई सन्सारभरका आदिवासी जनजातिको साथ र समर्थन छ। मलाई जेलमा श्रीमती र रक्सी बाहेक सवै प्राप्त छ। जेलयात्राले मेरो राजनैतिक उचाई बढाएको र उत्पीडित जाती समुदायको मुद्दा अझ पेचिलो बन्दै गएको छ।
सम्पूर्ण प्रिय साथिहरु आ-आफ्नो मोर्चामा अझ सशक्त किसिमले डट्नु होला, खट्नुहोला भन्ने सन्देश दिन चाहन्छु भन्नू भन्नू भएको छ।
हरि घर्ति मगर
Facebook Comments