
राजविराज, १० जेठ । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले कम्युनिष्टहरु आफैं समाप्त हुने दाबी गरेका छन् ।
कम्युनिस्टहरु आफैं समाप्त हुने र उनीहरु समाप्त हुँदा हुँदै मुलुक पनि तहसनहस भइसक्ने अध्यक्ष यादवले दाबी गर्नुभएको छ ।
आज राजविराजमा भएको कार्यक्रममा बोल्दै अध्यक्ष यादवले वर्तमान कम्युनिष्ट सरकार दृष्टिबिहीन बनेर मुलुकलाई चलाउने प्रयास गरेको आरोप लगाए थिए ।
‘
अध्यक्ष यादवले पोल्याण्ड, हंगेरी, चेकास्लाभिया, रोमानिया, सोभियत संघ, युगोस्लाभिया जस्ता देशमा कम्युनिस्ट शासन भएपनि ती शासनसँगै कम्युनिस्टहरु ध्वस्त भएको उल्लेख गर्दै भनेका छन् ‘विश्वमा चीनबाहेक कुनै पनि देशमा कम्युनिस्ट शासन चल्न सकेको छैन’ र त्यो पनि राम्रो कम गरेर मात्र ।
सप्तरी क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सांसदसमेत रहेका यादवले प्रदेश २ समृद्व नभएसम्म मुलुक समृद्व बन्न नसक्ने बताए । उनले प्रदेश २ का जनता अधिकार सम्पन्न, आर्थिक रुपले समृद्व भए मात्र पुरै नेपाल समृद्व हुने बताउनु भएको थियो ।
Facebook Comments