Loading...
गोरेका साथीहरुको पर्दाफास हुन् सुरु, एमालेका सांसद घनश्याम खतिवडा चन्दा लिनमा पहिलो
काठमाडाैँ । पूर्व एमालेका सांसद घनश्याम खतिवडाले सुन तस्कर  चुडामणि उप्रेती भनिने गोरेबाट निर्वाचनमा हाेमिदा लाखाैकाे चन्दा लिएको खुलासा भएको छ ।

मोरङ निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा निर्वाचित खतिवडाले निर्वाचनको समयमा गोरेबाट दुर्इ लाख चन्दा लिएको स्राेतले बताएकाे छ ।

३८ क्वीन्टल सुन तस्करीका मुख्य अभियुक्त गोरेले अदालतमा दिएको बयानमा उनले खतिवडालार्इ चन्दा दिएको बताएका हुन । प्रहरीले गोरेको पैसा खतिवडालार्इ चन्दाको रूपमा बुझाउने एमाले कार्यकर्ता रेवत आचार्य रहेकाे समेत बयानमा बताएका थिए।

साेही बयानकाे अाधारमा छानविन समितिकाे निर्देशनमा प्रहरीले अाचार्य बिहीबार पक्राउ गरी शुक्रबार जिल्ला अदालत माेरङमा पेश गरेकाे थियाे ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *