
आर सी यादव
नेपाल संघीय समाजवादी पार्टीको आज पर्सा जिल्ला महिला तदर्थ समिति गठन गरिएको छ । ३१ सदस्यीय नव गठित महिला तदर्थ समितिको अध्यक्षमा रेहाना खातुन र सचिवमा अनिता कुमारी चौधरी चयन हुनुभएको छ।
जिल्ला अध्यक्ष हरिन्द्र प्रसाद साहको अध्यक्षतमा भएको सो कार्यक्रममा पार्टीका उपाध्यक्ष राजकुमार यादवले महिलाको सहभागिता बिना समाजको बिकास असंम्भब रहेको बताउनुभयो । संबोधनको क्रममै उनले बर्तमान समयमा राजनीतिकमा राजनेताको आवश्यकता औल्याउँदै राजनेता नाटक र नौटंकीले होईन सिद्धान्त र ब्यबहार दुबैले स्पष्ट अग्रगामी सोचले मात्र भइन्छ भन्नुभयो । हिटलरको उग्रवादी नाजिवादको सोच राखेर विश्व शक्ति पनि आत्म हत्या गर्नुभएको भन्दै आज जर्मनी पनि उनको नाम लिन डराउछन भन्दै समय सापेक्ष र समाजवादी राजनीतिक गर्न उनले नव गठित महिला तदर्थ समितिलाई आग्रह गर्नुभयो। कार्यक्रममा केन्द्रीय सदस्य बिना देवी , कविता चौधरी यसै गरि पोखरीया नगर पालिकाका पाटी सङ्गठनको अध्यक्ष शंकर राउत , योगेन्द्र चौरसियाले आज गठन भएको जिल्ला महिला तदर्थ समितिलाई सफल कार्यकालको शुभकामना दिनुभएको थियो
Facebook Comments