Loading...
अन्ध राष्ट्रवादको कुरा नगरौ, राष्ट्रियता धोती र टोपी दुवैको हो- युवराज कार्की

संघिय समाजवादी फोरम नेपाल प्रदेश नंं २ को सिरहा जिल्ला क्षेत्र नं. ४ (क) मा संगठन विस्तार समिति संयोजक विष्णु साहको सभापतित्वमा आयोजित संगठन सुदृढिकरण तथा प्रशिक्षण कार्यक्रममा वोल्दै प्रमुख अतिथि संघिय समाजवादी फोरम नेपालका राष्ट्रिय उपाध्यक्ष युवराज कार्किले यो देशमा अन्ध राष्ट्रवादको कुरा गरेर आफ्नो गल्ती ढाकछोप हुने काम मात्र भैरहेको छ । अहिलेको सरकारको सय दिन पुगेकोछ तर उखान टुक्का वाहेक कुनै नया काम गर्न सकेको छैन यो देशमा राष्ट्रियता धोति र टोपि दुवैको वरावर छ । संगठनात्मक रुपमा वोल्दै अहिलेको आवश्यक्ता संघियतालाई वचाउनु पर्ने महत्वपुर्ण छ संघियता मास्ने खेल भैरहेको छ त्यसकारण अवको विकल्प भनेकै सम्पुर्ण न्याय प्रेमी जनताको चाहना संघिय समाजवादी फोरम नेपाल नै रहेको छ ।

उक्त कार्यक्रममा स्वागत मन्तव्य संगठन विस्तार समिति सदस्य रामभरोस महतोले गर्नु भएको थियो भने केन्द्रिय उप महा सचिव प्रकास अधिकारी ,उदयपुर जिल्ला इन्चार्ज देवराजराई, केन्द्रिय परिषद सदस्य विरेश्वर यादव, केन्द्रिय सदस्य अशेश्वर यादव अतिथी वेचन यादव लगायत ले संगठनात्मक संरचना को वारेमा प्रष्ट पार्दै भावि रनणिती तयार पार्ने कार्यको वारेमा प्रशिक्षण दिनु भएको थियो ।
प्रदेश नं. २ फोरम नेपाल का सचेतक शैलेन्द्र यादवका स्वकिय सचिव सि.पि. यादवले प्रदेश सरकारले गरिरहेको कार्य प्रगतिहरुको विवरण र केन्द्रिय सरकारको हस्तक्षेपमाथि प्रकाश पार्नु भएको थियो ।
उदघोषक अजय कुमार यादवले यस कार्यक्रममा स्थानीय चुनावमा उम्मेदवार रहेका र भातृ संगठनका सदस्यहरुको उपस्थिी रहेको थियो भनेर जानकारि गराउनु भएको छ ।
उक्त कार्यक्रम का सभापति विष्णु साहले समापन गर्दै क्षेत्र नं. ४ (क) का सम्पुर्ण कार्यकर्ताहरुलाई इमान्दारी पुर्वाक संगठन विस्तारमा सहयोगर्न र अधिवेशन सफल वनाउन आग्रह गर्नुभएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *