
सरोज खिलाडी
प्रदेश न. २ को राजधानी जनकपुरमा भारतीय प्रधानमन्त्रि नरेन्द्र मोदी आउदा मुलुकमा ठूलै बिषय र मुद्धा बनेको थियो । कतिपयले भारतीय प्रधानमन्त्रि नरेन्द्र मोदी सिधा जनकपुर पुग्नुलाइ जनकपुर भारतले लिने भनेका थिए भने कसैले मोदी अराजक भए भनेर समेत भनेका थिए । त्यतिबेला सबै भन्दा ठूलो बिषय बन्यो जनकपुरमा मुख्यमन्त्रि का साथै अन्य नेताहरुले लगाएको झाडुको कुरा । पहाडि खस्बादी केहि मानिस र चाकरी गर्ने पत्रकारहरुको लागि त्यो ठूलै बिषय बनेको थियो ।
तर ति सबै चाकरीबाजलाइ एकचोटी फेरि प्रदेश न. २ का मुख्यमन्त्री तथा अन्य मन्त्रीहरुले उल्टो झापड हानेका छन् । गणतन्त्र दिवसको अवसरमा मुख्यमन्त्री लालबाबु राउतको नेतृत्वमा आज बिहान जनकपुरधाममा वृहत्त सरसफाई गरिएको छ । सरसफाई कार्यक्रममा प्रदेश सरकारका मन्त्रीगण, माननीयज्यू, सचिव, सुरक्षाकर्मी तथा स्थानीयहरु समेत सहभागी भएको छ ।
Facebook Comments