Loading...
पितपत्रकारिता गर्ने अनलाइन मिडियालाइ चिन्नुस, सरकार ५ वर्ष चल्छ- मुख्यमंत्री राउत

रौतहट । २२ जेष्ठ प्रदेश २ का मुख्यमंत्री महमद लालबाबू राउत गद्दीले संघीय समाजवादी फोरम नेपाल र राजपा गठवन्धनको सरकार ५ वर्ष सम्म रहने बताएका छन । रौतहटको सदरमुकाम गौरमा संघीय प्रेस फोरम जिल्ला समिति कार्यालयको उदघाटन पश्चात् आयोजित पत्रकार सम्मलेनमा सम्वोधन गर्दै मुख्यमंत्री राउत फोरम नेपाल संघीय सरकारमा सहभागी भए पछि २ नंबर प्रदेशमा सरकार परिवर्तन हुने हल्ला निराधार भएको बताउँदै कुनै पनि हालतमा सरकार नफेरिने दावी गरे । केहि संचार माध्यमले गलत हल्ला फैलाएकोले त्यसको पछि नलाग्न आग्रह गर्दै जनताले दिएको म्यान्डेड अनुसार गठवन्धनको सरकार ५ वर्ष सम्म रहने ठोकुवा गरे ।

भारतीय प्रधानमंत्री नरेन्द्र मोदीको जनकपुर भ्रमणमा ७ करोड़ खर्च भएको संचारकर्मीको प्रश्नको जवावमा मुख्यमंत्री राउतले रकम भुक्तानी नै नहुँदै ७ करोड़ खर्च कसरी भयो भने प्रश्न गरे । उनले भने केहि मधेश विरोधी मानसिकता भएका पित पत्रकारिता गर्ने मीडियाले निराधार समाचार प्रकाशन गरेर भ्रम फैलाएको हो । संघीय सरकारको निमन्त्रणामा भारतीय प्रधानमंत्री मोदी जनकपुर आएको र केन्द्र सरकारले १ रुपैया पनि नदिएको र भएको खर्चको भुक्तानी हुन अहिले सम्म बाकि नै रहेकोमा ७ करोड़ खर्च कसरी भयो जिकिर गरे । प्रदेश २ को सरकार भ्रस्टाचार अन्त गर्दै सुशाशन युक्त सरकार हुने दावी गरे ।

मुख्यमंत्री राउतले त्रुटिपूर्ण संविधान संशोधनको निमित संघीय सरकारमा सहभागी भएको प्रस्ट गरे । संविधान संशोधनको लागि दुईतिहाई बहुमत आवश्यक रहेको र फोरम सहभागी भएपछि संशोधन हुने निश्चित रहेको उहाको तर्क रहेको छ । फोरम नेतृत्व सरकारले कुनै किसिमिको गलती गरेमा त्यसको बारेमा औल्याइ दिन संचारकर्मीहरुसित आग्रह गर्दै सरकारले केहि दिनको लागि सिमित बजेटको अनुसार निति तथा कार्यक्रम ल्याउने तयारी गरेको जानकारी गराए ।

कार्यक्रममा कृषि, भूमि व्यवस्था तथा सहकारी राज्य मंत्री योगेन्द्र यादव, प्रदेश सांसद महमद अब्बुल कलाम आजाद, राम सिहासन चौधरी, संघीय समाजवादी फोरम नेपालका जिल्ला अध्यक्ष एवं देवाही गोनाही नगरपालिकाका प्रमुख धर्मेन्द्र पटेल, गौर नगरपालिकाका प्रमुख अजय गुप्ता, माधव नारायण नगरपालिकाका प्रमुख वीरेंदर यादव, प्रदेश सदस्य बृजकिशोर यादव लगायतका जिल्ला स्तरीय नेताहरु सहभागी भएका थिए । कार्यक्रम पछि मुख्यमंत्री राउत गौरको शानको रुपमा रहेको गौर राईस मिलको निरिक्षण समेत गरेका थिए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *