Loading...
चुप लागेर बस्दैनौ, दुई तिहाई पुर्याएर संविधान संशोधन गर्न सरकारमा गयौंः उपेन्द्र यादव

लाक्पाजी शेर्पा
काठमाडौं । दुई तिहाई पुर्याएर संविधान संशोधनगर्न आफूहरु सरकारमा सहभागिभएको उपप्रधानमन्त्री उपेन्द्र यादवले प्रष्ट पारेका छन् । संघीय समाजवादीफोरम केन्द्रीय समितिले आयोजित शुभकामना तथा बधाई कार्यक्रममा बोल्दै अध्यक्षयादवले यस्तो धारण राखे ।
‘संविधान संशोधन गर मात्रै भनेर हुँदैनथ्यो । संविधान संशोधनगर्न दुई तिहाई बहुमतपुगेको थिएन । सरकार अत्याधिकवहुमतले बनेपनि संशोधनकालागिपनिउसँग सामाथ्र्य थिएन । हाम्रो सहभागिताले मात्रै दुई तिहाई पुग्ने भएकाले हामी सरकारमा सहभागिभएकाहौं ।’ समाजवादीफोरमकाअध्यक्ष समेत रहेकाउपप्रधानतथा स्वास्थ्यमन्त्रीयादवले भने ‘सरकारभित्रैबाट संघर्ष गरेर हामी संविधान संशोधनगरि छाड्छौं ।’
प्राप्तउपलब्धिको रक्षागर्दै बाँकीउपलब्धि हासिल गर्ने तर्फ आफ्नो पार्टीले रणनीतिअघि सारेका विकासित राजनीतिक परिवेश अनुसार आफू सरकारमा सहभागि भएको उल्लेख गर्दै अध्यक्ष यादवले भने ‘संविधानको कुनै अंक, ह्रासो, कम समेत परिवर्तन हुँदैन भन्नेहरुलाई संशोधनकालागि लिखित रुपमा सहमति गराएर सरकारमा सहभागि भएका छौं । यो आमउत्पीडित र हाम्रो पार्टीका लागि ठूलो उपलब्धिपनिहो ।’
सरकारमा सहभागिताले नीतिगत रुपमापनिउत्पीडित समुदायको पक्षमा कदमचाल्न सहजभएको बताउँदै अध्यक्ष यादवले अघि भने ‘सरकार वाहिर बसेर गर्न नसकिने कतिधेरै काम र नीतिगतनिर्णयहरु हामी सरकारमा सहभागि भएपछि फेर वदल भएको छ । सरकारको नीति तथा कार्यक्रम प्रभावित भएको छ । यसबाटपनि सरकारमा हाम्रो उपस्थितीले खास अर्थ राखेको छ ।’ उनले थपे ‘हिजै मात्र राष्ट्रिय योजना आयोगले अघि सारेका धेरै योजना र हामीसँग सरकार राख्ने विषयहरु हामीले बदर गरीदिएकाछौं र नयाँ योजनाबनाई ल्याउन भनेकाछौं । यसबाटहामी र आम समुदायलाई थप रहात मिल्छ ।’
मुलुक संघीयप्रणालीमाअघिबढेपनि संघात्मकव्यवस्थाको अभ्यास भई नसकेको उल्लेख गर्दै अध्यक्षयादवले संघीयताको पूर्ण कार्यान्वयन र उत्पीडितपक्षको हितमाकार्य गराउनपनि सरकारमा सहभागि जरुरी रहेको दाबी गरे । एकात्मक राज्यव्यवस्थामा सबैको सहभागिताले अन्तरिक संघर्षबाट फल प्राप्तगर्न सकिन्छ भन्ने मान्यताका साथआफू अघि बढेको र यसबारे प्रष्टहुनउनले कार्यकर्तालाई आह्वान गरे ।
अधिकारका लागि विश्राम लिइहाल्नुपर्ने बेला नभएको बताउँदै अध्यक्ष यादवले संघर्षकालागि अझै तयार रहनुपर्ने बताए । चुपलागेर बस्ने अवस्था भने आई यादवले बताए । उनले अघिथपे ‘संघर्षका कार्यक्रम हामीले सरकार, सदन र सडकबाटजारी राख्नुपर्छ । उस्तै आइपरे थप संघर्षका लागि तयार रहनुपर्ने अवस्था पनिआउन सक्छ ।’
अर्को प्रसंगमाअध्यक्षयादवले संघीय समाजवादीफोरम नै अबको वैकल्पीक राजनैतिकशक्ति रहेको दाबी गरे । उनले अघिथपे ‘कम्युनिष्ट, कांग्रेसपछिबलियो र वैकल्पीक राजनैतिकशक्तिभनेकै समाजवादीशक्तिहो । त्यो हामीहौं ।’ यथास्थिती र पुरातनशैलीका राजनैतिकपार्टीको विकल्पको रुपमा संघीयसमाजवादीलाई रोज्नेहरुको जमातठूलो रहेको दाबीगर्दै अध्यक्षयादवले भने ‘हिजो मसँगै कम्युनिष्टमाकाम गरेकाविशेष गरी पुष्पलालविचारधारका साथीहरु हामीसँगमिल्नआउँदै हुनुहुन्छ । उहाँहरुले हामीमात्रै अबको राजनैतिकशक्तिहो भनेर बुझिसक्नु भएको छ ।’
कार्यकर्तालाई जनताको पक्षमा सेवागर्न र क्रियाशिल रहन निर्देशन दिँदै अध्यक्ष यादवले ‘जनताको घरदैलोमा पुगेर उनीहरुको समस्या मसिनो गरी अध्ययन गरी पार्टी पंक्तिबाट सहयोग लिई कामगर्न सुझाए ।’
कार्यक्रममा बरिष्ठ नेता तथा पूर्व स्वास्थ्यमन्त्री अशोक राईले वैकल्पीक राजनैतिक शक्तिको रुपमा पार्टी उदायको देख्न नचाहने तत्वहरुले भ्रम फैलाईरहेको दाबी गरे । पार्टीएकिकरण लगायतको निराधर हल्लाचलाएर प्रहार गरीरहेकाले भ्रममानपर्न सबैलाई अनुरोध गरे । ‘हामीमाथिचौतर्फी आक्रमणभइरहेको छ । यस्तो अवस्थामाहामी सबै सचेत हुनुपर्ने बेलाआएको छ । अहिले मिडियामाआएकाहल्लाहरु आधारहीनछन् । त्यसकापछिनलाऔं । हामीआफ्नो विचार, सिद्धान्त र निष्ठाका राजनीतिमा अडिगछौं ।’ बरिष्ठ नेता राईले भने ।
पार्टी कार्यालय बालकुमारीमा आयोजित सम्मान कार्यक्रममा शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राई, संघीय सांसद तथा सहअध्यक्ष राजेन्द्र श्रेष्ठलगायत नेताकार्यकर्ताहरुको उल्लेख्य सहभागिता रहेको केन्द्रीय सदस्यआङ देण्डी शेर्पालेलाई जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *