Loading...
अफवाह फैलाउने झोले पत्रकारहरुलाई फोरम नेपालले दियो कडा जवाफ, एकताको समाचार गलत

विगत केही दिनयता विभिन्न संचारमाध्यम र सामाजिक सञ्जालहरुमा संघीय समाजवादी फोरम, नेपाल र नेकपाबीच पार्टी एकीकरण हुन लागेको भनि प्रचारित समाचारहरुप्रति फोरम नेपालको गम्भीर ध्यानाकर्षण भएको छ । संघीय समाजवादी फोरम नेपालको गत बैशाख २१ गते सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले नीति, सिद्धान्त र विचार मिल्ने दल, पार्टीसँग एकीकरण गर्न सकिने निर्णय गरेको थियो । तर, यसबीच फोरम, नेपाल र नेकपाबीच एकीकरणको सन्दर्भमा तत्काल कुनै पनि सम्भावना नरहेको अवस्थामा पनि पार्टी एकीकरण हुन लागेको भन्दै सुनियोजित ढंगले जनतामा भ्रम सिर्जना हुनेगरी केहि झोले पत्रकार हरुले अफवाह फ़ैल्याएको प्रति फोरम नेपालले आपति जनाएको छ । तथ्यहीन ढंगले आइरहेका गलत समाचारहरुको भ्रम फैलाउन र जनतामा गलत सन्देश दिने नियतले प्रचारित यस्ता प्रायोजित एवं निराधार समाचारहरुमा कुनै सत्यता नरहेको फोरम नेपालले उपेन्द्र यादव दवारा जारि बिज्ञप्ति मा भनेको छ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *