Loading...
फोरमको बारेमा बढी नबोल्न नेता कार्यकर्तालाई राजपाको चेतावनी, प्रदेश २को सरकार नछाड्ने

२४ जेठ, काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) ले प्रदेश २ को सरकार नछाड्ने निर्णय गरेको छ । आज बसेको अध्यक्ष मण्डलको बैठकले संघीय समाजवादी फोरम नेपालसँगको गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको हो ।

राजपाले प्रदेश २ को सरकारप्रति कुनै टिप्पणी नगर्न पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिएको छ । आजको बैठकपछि विज्ञप्ति जारी गर्दै उसले प्रदेश २ मा फोरम नेतृत्वको सरकारलाई राजपाको समर्थन, सहयोग र सहभागिता जारी रहने भन्दै सरकार विरुद्ध नबोल्न आफना कार्यकर्ता तथा नेताहरुलाई सचेत गराएको छ । यस अघि महासचिव मनिष सुमनले प्रदेश २ मा राजपा सरकारबाट बाहिरिने अभिव्यक्ति दिएपछि राजपाले खण्डन गरेको हो । मधेसी जनादेशसमेतलाई ध्यान दिएर फोरम नेतृत्वको सरकारलाई समर्थन गरेको भन्दै राजपाले प्रदेश २ को सरकारबारे भइरहेका अड्कलवाजीप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *