Loading...
सभामुख र उपसभामुख मध्ये एक पद तत्काल छोड्न नेकपालाइ कोइरालाको चेतावनी

काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले प्रतिनिधिसभाका सभामुख र उपसभामुख मध्ये एक पद मात्र राख्न र एक पद छोड्न सत्तारुढ दल नेकपा कम्युनिष्ट पार्टी (नेकपा) सँग जोडदार माग गरेको छ । काँग्रेसका महामन्त्री डा. शशांक कोइरालाले संविधानले प्रतिनिधिसभाको सभामुख र उपसभामुख दुवै पद एउटै पार्टीलाई दिन नमिल्ने व्यवस्था गरेको उल्लेख गर्दै एक पद तत्काल छोडन सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (ने क पा) सँग माग गरेका हुन् ।

संवैधानिक व्यवस्था अनुसार एउटै दलबाट प्रतिनिधिसभाको सभामुख र उपसभामुख हुन नपाउने महामन्त्री कोइरालाको भनाइ रहेको छ ।

तत्कालीन माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा सभामुख र तत्कालीन एमाले नेतृ डा.शिवमाया तुम्बाहाङफे उपसभामुखमा निर्वाचित भएका थिए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *