Loading...
गायक जय देवकोटाकोे असारे गीत सार्वजनिक (भिडियो सहित)

बर्खा लाग्नै लाग्दा आयो असारे गीत यस बर्षको नयाँ असारे गीत सार्वजनिक भएको छ । “बर्खा लागेछ” बोलको उक्त गीतमा गायक तथा सर्जक जय देवकोटा र गायिका सन्ध्या बुढाले स्वर भरेका छन् । बर्खा लाग्नै लाग्दा बजारमा आएको यस गीतले युटुबमा निकै चर्चा बटुल्न सफल भएको छ । अरु गीतको तुलनामा असारे गीत कमै मात्र बन्ने भएकाले पनि सबैको रोजाइमा यस गीत पर्न सफल भएको हो । गीतमा लय तथा शब्द पनि गायक देबकोटाकै छ । स्टुडियो तरङ्गबाट बजारमा आएको सो गीतमा रमा थपलिया तथा इन्द्र जिसी लगाएतको अभिनय रहेको छ । मदन खड्काको निर्देशन र करण चैसिरको छायांकनमा तयार भएको भिडियोको सम्पादन प्रविन भट्टले गरेका हुन । लाइभ बाध्यबादक प्रयोग गरेर उक्त भिडियो निर्माण गरिएको भिडियो निमार्ण पक्षले जानकारी गरायो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *