Loading...
२५ हजार मधेशीलाइ काठमाडौँबाट लखेट्ने तयारी भैरहेको सांसद प्रदिप यादवले गरे खुलाशा
काठमाडौँ, आषाढ ३ 
संघीय समाजवादी फोरम नेपालका सांसद प्रदिप यादवले काठमाडौँ महानगरपालिकाको प्रशासनले मधेसीहरुलाई धपाउन काम गरिरहेको आरोप लगाएका छन् ।
संघीय संसदमा बोल्दै पर्सा क्षेत्र नं. १ बाट निर्वाचित सांसद प्रदिप यादवले काठमाडौँ महानगरपालिकाको प्रशासनले उपत्यकामा विभिन्न व्यवसायमा आबद्ध २५ हजार भन्दा बढि मधेसीहरुलाई धपाउन काम गरिरहेको आरोप लगाउदै आपत्ति जनाएका हुन् ।
आइतबारको संघीय संसदको बैठकमा बोल्दै सांसद प्रदिप यादवले काठमाडौंमा फलफूल तथा तरकारी बेच्ने मधेसीहरुलाई काठमाडौँ महानगरपालिकाले बिना कारण जरिवाना लिएर अथवा साइकल र अन्य उपकरणहरु जफत गरेर धपाउन काम गरिरहेको आरोप लगाएका थिए ।
यादवले गरीब तथा निमुखा मधेसीहरुले काठमाडौंमा साइकलमा स–सानो व्यापार गर्दा काठमाडौं महानगरपालिकाले धपाउने काम गरेको बताए । उनले २५ हजार त्यस्ता मधेसीहरुलाई महानगरपालिकाले दुःख दिइरहेको बताउँदै उनीहरुलाई व्यापार गर्ने व्यवस्था मिलाउन माग गरे ।
‘हामी भन्छौं हिमाल पहाड तराई कोही छैन पराई तर अहिले काठमाडौं महानगरबाट २५ हजार मधेसीयालाई भइरहेको छ खेदाई’ यादवले संसदमा भने, ‘काठमाडौंका गली गलीमा तरकारी फलफूल पुर्याउने मधेसीहरुको अहिले साइकल जफत हुँदैछ,  कारवाही हुँदैछ, यसलाई अभिलम्ब रोक्न आवश्यक छ ।’
asiyanews.com

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *