Loading...
घाइतेहरुलाई आर्थिक सहयोग गर्दै शहीद परिवारलाई रोजगारी दिने प्रदेश नं २ सरकारको निर्णय

जनकपुरधाम, अषाढ १५ । प्रदेश नं.२को सरकारले मधेश आन्दोलनका शहीद परिवारलाई रोजगारी दिने निर्णय गरेको छ ।
मन्त्री परिषदको विहीवार बसेको बैठकले मधेश आन्दोलनका शहीद परिवारको आर्थिक , समाजिक तथा शैक्षिक तथ्यांक तथा विवरण संकलन गरि क्रमशः रोजगारी दिने निर्णय गरेको हो । शहीद परिवाहरुको तथ्यांक संकलन भएपछि उनिहरुको योग्यता र क्षमताको आधारमा रोजगारी दिने निर्णय गरिएको मुख्यमन्त्री लालबाबु राउतले बताउनु भएको छ ।
सरकारले मधेश आन्दोलनका घाइतेहरुलाई प्रकृति हेरी तीन लाख सम्मको आर्थिक सहयोग उपलब्ध गराउने निर्णय यस अघि नै गरि सकेको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *