Loading...
ओछ्यान बनाउॅछन् , लुस्छन् ,कोपर्छन् ,निचोर्छन वेफिक्रीसॅग – बर्षा लुइँटेल

कबिता

यो शहर मेरो होईन
यहाॅका मान्छे मेरा हुॅदै होईनन
यो त व्वाॅसा र गिद्धहरूको क्षेत्र रहेछ
जहाॅ वाध्यता अनी विवशताको शिकार बनाईन्छ
आफू बाॅच्न आफू स्वयम पटक पटक बेचिनुपर्छ ।

मेरा गाॅऊका संरक्षक दाजुभाईहरू
जस्ले हामी दिदीबहिनीलाई निरंकुश शासन लादिरहे
संस्कारको भजन गाईरहे हो
त्यस्तै दाजुभाई आज शहरमा
खुलेआम आफ्नो यौनप्यास मेट्न
हामी जस्तै दिदीबहिनीलाई केहीपलको लागी
ओछ्यान बनाउॅछन् ,
लुस्छन् ,कोपर्छन् ,निचोर्छन वेफिक्री सॅग ।

 

किनकी म त उद्वारा केहीपलको लागी भएपनी खरिद एउटा
बस्तु मात्रै ठहरिन्छु ।
म सॅग चुपचाप सहनुको विकल्प छैन ।
उसले मेरो भोको पेट भर्न चाराको जोहोमा मद्दत गरेकोछ
उ आफूलाई भगवान ठान्छ र मलाई चरित्रहिन आईमाई मात्रै
म केवल भोक मेटाउने उसको खरिदयुक्त वस्तु मात्रै

उ गर्वले छाती चौडा पार्छ, मर्द भएकोमा घमण्ड पनी
म संगको सहवासको उ खुलेर छलफल चलाउॅछ
तर दुनिॅयाको सामू मलाई फेरी चरित्रहिन नै कहलाउॅछ
उसलाई लाग्छ यो पेशा मेरो रहर हो
तर एकपलको भेटमा उ के जानोस मेरो कहर ।

एकछिन भएपनी उ मलाई अॅगालोमा कस्छ
उ हराउॅछ म भित्र कहिॅकतै
मलाई भने निमोठिरहन्छ मेरो बाध्यताहरूले
पिडा सॅगै मेरा आॅसु बगिरहन्छन्
म मुर्दा जसरी ढल्छु त्यो शमसानमा
जहाॅ मेरा जीवनको गला प्रत्येक श्वासमा निमोठिईरहन्छ ।

उ बहकिन्छ झुक्किएर प्रेमको उच्चाहरण पनी गर्छ
तर
उसंगै स्खलित भएर जान्छन केही पलमै
प्रेमका झुठा बाचाहरू………

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *