
जनकपुरधाम, अषाढ १६ । मुख्यमन्त्री लालबाबु राउतले प्रदेशमा बोलिने सबै मातृ भाषाको सम्मान हुने गरि प्रादेशिक भाषा नीति ल्याउने बताउनु भएको छ।
भाषा आयोगद्वारा आयोजित भाषा आयोगको संवैधानिक दायित्व र प्रदेश एवं स्थानीय सरकारको बहुभाषिक कार्य प्रणाली विषयक संगोष्ठिलाई सम्बोधन गर्नु हुँदै मुख्यमन्त्री राउतले सबै भाषालाई सम्मान गर्ने गरि आफुहरु नीति ल्याउने बताउनु भयो ।
भाषाको अभिव्यक्तिको माध्यम रहेको उल्लेख गर्नु हुँदै मुख्यमन्त्री राउतले सबैलाई सबै भाषाको सम्मान गर्नु पर्ने बताउनु भयो । प्रदेशको अधिकांश जनताले बोल्ने भाषा प्रदेशको प्राथमिकतामा रहनेमा कुनै शंका नगर्न उहाँले आग्रह समेत गर्नु भयो । मातृ भाषाको प्रयोगले नै हामी समृद्ध हुन्छौ, उहाँले भन्नु भयो मैथिली र भोजपुरी लगायतका मातृभाषाको विकासमा सरकार प्रतिबद्ध छ ।
भाषा आयोगका अध्यक्ष डा. लवदेव अवस्थीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा समाजिक विकास मन्त्री नवल किशोर साह, राजर्षि जनक विश्वविद्यालयका उपकुलपति प्रा. भरत झा, नेपाली काँग्रेस संसदीय दलका नेता राम सरोज यादव, नेकपाका नेता राम चन्द्र मण्डल लगायतका वक्ताहरुले आ–आफनो धारणा राख्नु भएको थियो ।
Facebook Comments