
काठमाडौं । डा. गोविन्द केसीले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई टिचिङ अस्पतालबाट हटाए पनि मुख बन्द गर्न नसक्ने चेतावनी दिएका छन् ।
आज देखि जुम्लामा अनसन सुरु गरेका डा. केसीले प्रधामन्त्री ओलीले जे गरे पनि स्वास्थ्य क्षेत्र सुधार अभियानबाट आफूलाइ ‘ब्याक’ गर्न नसक्ने बताएका छन् ।
आफ्ना समर्थकसहित कर्णाली सवास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा अनसन सुरु गरेका केसीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । केसीलाई नियन्त्रणमा लिएसँगै समर्थकहरुमाथि प्रहरीले लाठी चार्ज समेत गरेको छ ।
उनका समर्थकले हात–हातमा प्लेकार्डसहित केसीको पक्षमा प्रदर्शन गरेका थिए भने डा. केसी ले ओली ले आफ्नो मुख बन्द गर्न नसक्ने प्लेकार्ड समेत बोकेका थिए ।
Facebook Comments