Loading...
८ विद्यार्थी संगठनद्वारा स्तरीय शिक्षाकाे माग गर्दै सडक कक्षा सपन्न 

आन्दोलनरत ८ विद्यार्थी संगठनको पुर्व घोषित आन्दोलनको कार्यक्रम अनुसार शिक्षामा भएकाे व्यापारीकरण, माफियाकरणकाे अन्त्य र सार्वजनिक शिक्षाकाे स्तर उन्नतिकाे माग गर्दै प्रर्दशनि मार्गमा अाइतबार विहान सडक कक्षा सम्पन्न गरिएकाे राजपा विद्यार्थी संगठनको महासचिव रंजित निस्पक्षले जनाएको छ । उक्त कार्यक्रममा राजपा,नेकपा (माअाेवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी), नेकपा बिप्लव निकट अखिल (क्रान्तिकारी), नेकपा (क्रान्तिकारी माअाेवादी) निकट अखिल (क्रान्तिकारी), नयाँ शक्ति विद्यार्थी युनियन र ससफाे र माले निकट लगायतका विद्यार्थी संगठनकाे अायाेजनामा सम्पन्न भएकाे थियाे ।

व्यापक प्रहरीकाे हस्तक्षेपका बावजुद भएकाे उक्त कार्यक्रम सांकेतिक मात्रै भएकाे र यदि सरकार र सराेकारवाला गम्भीर नभए कडा अान्दाेलन गर्न अाफुहरू बाध्य हुने राजपा विद्यार्थी संगठनका महासचिव रंजित निस्पक्षकाे भनार्इ थियाे । त्यी विद्यार्थी संगठनहरूले  दाेस्राे चरणकाे अान्दाेलन अन्तरगत अषाढ१८ गते आँखामा कालोपट्टी बाँधेर प्रदर्शन गर्ने,१९ गते मशाल जुलुश र यहि असार २०, २१ र २२ गते अाम शैक्षिक हडतालकाे घाेषणा पनि गरेका छन ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *