Loading...
गायिका शान्ति श्रीको आवाजमा यस बर्षको तीज गीत सार्वजनिक (भिडियो सहित )

गायक तथा संगितकार जय देवकोटाको मार्मिक तिज गित दशा सार्वजनिक भएको हो । गीतमा देवकोटा र गायिका शान्तिश्री परियारले आवाज दिएका छन् । गायत्री थापाको रचना रहेको सो गीतमा गायक देवकोटाकै लय रहेको छ । चर्चाको शिखरमा रहेकी गायिका शान्तिश्री र लोकगीतमा छुट्टै पहिचान बनाउन सफल गायक देवकोटाको यस गीतलाई दर्शक श्र्रोताले निकै मन पराउने देखिन्छ । गितमा सुरवीर पन्डित,रमा थपलिया, गायत्री थापा ,जय देवकोटा र बाल कलाकार आदर्श वानियाको अभिनय छ ।मदन खड्काको निर्देशनमा तयार भएको भिडियोलाई दुर्गा पौडेलले छायांकन गरेका हुन। तरंग डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको गीतलाई कर्ण सनज्यालले रेकर्ड गरेका हुन ।
हेर्नुहोस गितको भिडियो

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *