
१८ असार, वीरगञ्ज । हिजो रातिदेखि भइरहेको लगातार को अविरल वर्षाका कारण वीरगञ्जका विभिन्न स्थान डुबानमा परेका छन् । वीरगञ्जको श्रीपुर, पानीट्यांकी, जिल्ला प्रशासन कार्यालय पर्सा परिसर, नगवा, रामगढवा लगायतका क्षेत्रहरु डुबानमा परेका हुन् ।
वीरगञ्जको मुख्य बजार आदर्शनगर क्षेत्र आसपासका क्षेत्र लगायत मा समेत पानीको निकास रोकिएका कारण सर्वसाधारणले सास्ती ब्यहोरेका छन् । वर्षाको पानी समेत कतिपयको घर तथा पसलहरुमा पनि पानी पसेको छ । घर तथा पसलबाट निस्कने फोहोरहरु जथाभावी सडक र नालामा नै फाल्ने गरिएको कारण नाला जाम भएर वर्षेनी पानी पर्नेवित्तिकै वीरगञ्जका अधिकांश सडकहरु तालमा परिणत हुने गरेका छन् । बिरगंजका नेताहरु बेखबर झैँ गरेको सर्व साधारणको गुनाशो रहेको छ
Facebook Comments