Loading...
संविधान जारी हुँदा दिपावली मनाउनेहरु नै संविधान कार्यान्वयनमा बाधक- मुख्यमन्त्री राउत

जनकपुरधाम, अषाढ १८ । मुख्यमन्त्री लालबाबु राउतले संघीयताको सफल कार्यान्वयन नै समृतिको मुल आधार रहेको बताउनु भएको छ ।
संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालय र प्रदेश सरकारको संयुक्त तत्वाधानमा ‘समृद्धिको सपना ः सम्पन्न प्रदेश नं. २ को चाहना’ नाराका साथ आयोजित दुई दिवसीय दुर दृष्टि २०३० सम्मेलनको समापन समारोहमा मुख्यमन्त्री राउतले सो कुरा बताउनु भएको हो ।
संविधान जारी हुँदा दिपावली मनाउनेहरु नै संविधानको कार्यान्वयनमा बाधक बनि रहेको उल्लेख गर्दै उहाँले संघीयतालाई कमजोर पार्ने केन्द्रिकृत मानसिकताले समृद्धिको सपना पुरा हुन नसक्ने बताउनु भयो ।
दुई दिवसीय सम्मेलन बाट आएका भिजनहरुलाई क्रमशः कार्यान्वयन गर्ने प्रदेश सरकारको उत्कण्ठ चाहना रहेको उल्लेख गर्दै त्यसमा सबै तहको सहयोग आवश्यक रहेको उल्लेख समेत गर्नु भयो ।
भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलको अध्यक्षतामा सम्पन्न समापन समारोहमा प्रतिनिधि सभा सदस्य प्रमोद साह, पूर्व राजदुत विजयकान्त लाल कर्ण, प्रमुख सचिव राजेश्वर मान सिंह, उद्योगपति जगदीश अग्रवालल सहितका वक्ताहरुले सम्बोधन गर्नु भएको थियो ।
सम्मेलन १० बुन्दे जनकपुर घोषणापत्र समेत जारी गरेको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *