
१९ असार, लहान । दुइ दिनको अविरल बर्षाका कारण सिरहाको गोलबजारमा खोलामा बगिरहेकी एकजना महिलाको उद्धार गएको छ । मैनाबत्ती खोलाले बगाइरहेको अवस्थामा गोलबजार नगरपालिका-३ का वडाध्यक्ष धनप्रसाद लामाले स्थानीयको सहयोगमा गोलबजार नगरपालिका-३ की ४० वर्षीया बिना योञ्जनको उद्धार गरेका छन् ।
बाढीले महिलालाई बगाउँदै गरेको देखेपछि गाउँलेहरुलाई तत्काल खबर गरेर गाउँलेको सहयोगमा महिलाको उद्धार गरेको वडाध्यक्ष लामाले बताउनु भएको छ ।
उद्धार गरिएकी महिलाको गोल बजारमा उपचार भइरहेको छ । उनको स्वास्थ्य अबस्था सामान्य रहेको प्रहरीले बताएको छ ।
Facebook Comments