
भक्तपुर जाने लोकनथली चौकमा दैनिक काम गरेर गुजारा गर्ने सर्लाहीको गैर-सिरसीया निवासी १९-२० वर्षीय बरही थर भएको एक युवालाई उदयपुर जिल्ला घर भएका एकजना युवाले करंगको हाड नै भाचिने गरि कुटपिट गरेका छन् । पिडीत युवा दैनिक काम गरेर कोठा फिर्ता गइरहेको बेला अचानक त्यो युवाले भारतिय भनेर गाली गलौच गरेका छन् । पछि पिडीत युवाले आफु मधेशी रहेको भनेपछि नागरिता खोजियो र पिडीतले नागरिता काठामा रहेको जवाब दिए पछि त्यो युवाले कुटपिट गरेको थियो ।
सिरहा निवासी बब्लु गुप्ता र केहि स्थानियहरूले कुटपिट गर्ने त्यो युवालाई समाति प्रहरीको जिम्मा लगाउनुको साथ घाइते युवालाई तुरन्त उपचारको लागि अस्पताल भर्ना गरेका थिए । यहि बिचमा घाइतेको बुवा पनि काठमाण्डु आई पुगेको छ ।
घाइतेको अबस्था बुझ्न समाजसेबी सरोज राय पुरानो ठिम्मी स्थित प्रहरी चौकी पुग्नु भएको थियो । डिएसपी मिलन केसीले आरोपी माथी सार्वजनिक मुद्दा दर्ता गर्दै निज आरोपीले गरेको अपराध वापत उचित सजाय दिलाउने आश्वासन दिनु भयो । बबलु गुप्ता भाईको पहल कै कारण आज कुटपीट गर्ने युवा हिरासत परेका छन् ।
Facebook Comments