
खेलाडीहरुको जीवन यापनको व्यवस्था सरकारले गर्नु पर्दछ ः मुख्यमन्त्री राउत
जनकपुरधाम, अषाढ १९ । मुख्यमन्त्री लालबाबु राउतले खेलाडीहरुको जीवन यापनको व्यवस्था सरकारले नगरे सम्म खेलकुदको समुचित विकास हुन नसक्ने बताउनु भएृको छ ।,
एन्फाले आज जनकपुरमा आयोजना गरेको प्रदेश स्तरीय एन्फाको कार्यनीति र विधान सम्बन्धि कार्यशालालाई सम्बोधन गर्नु हुँदै मुख्यमन्त्री राउतले लामो समयको केन्द्रितकृत शासन व्यवस्थाका कारण उपेक्षामा परेको खेलकुद क्षेत्रले अव विकास गर्नेमा आफु विश्वस्त रहेको बताउनु भयो ।
उहाँले भन्नु भयो ,‘ एन्फा नेतृत्व दरवार बाट निस्केर जनताको विचमा आएकोमा धन्यवाद दिन चाहन्छौ, खेलकुदको विकासको लागि सहयोग गर्न प्रदेश सरकार तैयार छ ।,
नेपालमा फुटबलको ठूलो सम्भावना रहेको उल्लेख गर्दै उहाँले युवाहरुलाई अनुशासित बनाउन समेत खेलकुदको विकासमा आफुहरुको ध्यान रहेको उल्लेख गर्नु भयो ।
एन्फाका केन्द्रिय अध्यक्ष कर्माछिरिङ्ग शेर्पाले एन्फा प्रदेश नं. २को चन्द्रनिगाहपुरमा महिला टेक्निकल सेन्टरको स्थापना गर्न लागेको जानकारी गराउदै निकट भविष्यमै पुरुष टेक्निकल सेन्टरको समेत स्थापना गर्ने बताउनु भयो । उहाँले यो प्रदेशको १२ हजार विद्यार्थीलाई एक साथ फुटबलमा सहभागी गराउने योजना आफुहरुले बनाएको जानकारी समेत गराउनु भयो ।
Facebook Comments