
जनकपुरधाम, आषाढ २० । बाढी पहिरोबाट मृत्यु हुने प्रत्येक मृतक परिवारलाई प्रदेश नं. २को सरकारले तत्काल ५० हजार नगद सहयोग उपलब्ध गराउने निर्णय गरेको छ ।
केही दिन यताको लगातारको वर्षाले आएको बाढीका कारण प्रदेश नं. २मा हाल सम्म २ जनाको मृत्यु भएपछि मुख्यमन्त्री राहत कोषबाट तत्कालका लागि उक्त रकम उपलब्ध गराउने निर्णय गरेको हो । बाढीका कारण गत मंगलवार पर्सा जिल्लाको पर्सा गढी गा.पा. वडा नं. ८ रमौली बस्ने प्रतिमा राम र सुरेन्द्र महतोको मृत्यु भएको हो ।
यसका साथै बाढी पहिरोको कारण मृत्यु भएकाहरुको परिवार प्रति मुख्यमन्त्री लालबाबु राउतले हार्दिक सम्वेदना समेत व्यक्त गर्नु भएको छ ।
Facebook Comments