Loading...
मेयर सरावगीले राजिनामा दिने कुरा हावादारी, नगरसभा विथोल्न गम्भीर षडयन्त्रको खुलाशा

वीरगंज,२० असार । वीरगंज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले मैले राजिनामा दिने कुरा हावादारी भएको बताएका छन ।  सोमबार साझा समाचारसंग कुरा गर्दै नगरप्रमुख सरावगीले महानगरका जनताले आफुलाई ५ बर्षको लागि नगरप्रमुखमा निर्वाचित गरेकाले कुनै पनि हालतमा राजिनामा नदिने बताएका छन ।

नगरप्रमुख सरावगीले निर्वाचनको बेला जनतासंग गरेको बाचा ५ बर्षमा जसरी पनि पुरा गरेर छाडने बताउदै महानगरबासीलाई धैर्य राख्न आग्रह गर्नुभयो । नगरप्रमुख सरावगीले मेरो योजना अनुसार काम गर्न नदिन तथा जनताको रकम दुरुपयोग हुनबाट रोकेकाले आफु विरुध अनेक थरीका षडयन्त्र भईरहेको बताउनुभयो । वहाले भन्नुभयो –“मैले मैदान छोडेर भाग्ने ब्यक्ति होईन–संघर्ष गरेर ५ बर्षमा गन्तव्यको विरंगज बनाउछु” ।

विरंगज नगरमा पहिलादेखि भएको कामको आफुसंग जोडेर गलत प्रचारबाजी भईरहेको आरोप लगाउनुभयो ।नगरप्रमुख सरावगीले चौतर्फी विरोधका बाबजुद सबैलाई समेटेर आउदो ४ बर्षमा नगरबासीको सपना पुरा गर्ने बताएका छन ।नगरसभा विथोल्न चौतर्फी तथा मेरो योजना अनुसार काम गर्न नदिन गलत प्रचारबाजी भईरहेको स्पष्ट पारेका छन ।

एडिबीको रकममा बनेको नाला निमार्णको विषयलाई लिएर आफु विरुध गलत प्रचारबाजी भईरहेको बताउदै नगर–प्रमुख सरावगीले आउदो बर्षदेखि नाला निमार्ण तथा पानीको निकासको समस्या अन्त्य हुने बताउनुभयो । वीरगंज महानगरको दोस्रो नगरसभा विथोल्न विभिन्न षडयन्त्र भएपनि सबैलाई समेटेर अगाडी बढने बताउनुभयो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *