Loading...
प्रदेश २ का सरकारको कार्यले नेपाल पुलिसलाइ लाग्यो झट्का, गृहमन्त्रि समक्ष जनाए आपत्ति

काठमाडौं – प्रदेश न. २ को सरकार को आफ्नै प्रहरीका लागि प्रदेश सरकार ले प्रहरी सेवा ऐन विधेयक प्रदेशसभामा पेस गरेपछि नेपाल प्रहरीले गृह मन्त्रालयसँग आपत्ति जनाएको आजको नागरिक दैनिकमा समाचार छ ।

नेपाल प्रहरीको संरचना मुलुकको संघीय संरचनाअनुसार नै बनिरहेको र संघीय प्रहरी ऐनसमेत तयार हुँदै गरेको अवस्थामा प्रदेश २ ले हतारमा संविधानसँग बाझिनेगरी प्रहरी ऐन ल्याउन लागेको भन्दै नेपाल प्रहरीले आपत्ति जनाएका छन् ।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले गृहमन्त्री रामबहादुर थापा र गृहसचिव प्रेमकुमार राईलाई भेटेर सो विषयमा प्रहरीको धारणा स्पष्ट पारिसकेका छन् ।

प्रदेश २ ले प्रहरी सेवा ऐनको विधेयक प्रदेशसभामा पेस गरिसकेको छ। ‘ऐन ल्याउने, पास गराउने अधिकार प्रदेश सरकारलाई रहेको समेत समाचार मा उल्लेख छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *