
२० असार, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले डा गोबिन्द केसी लाइ अधिनायकवादी शैलीका डाक्टर भएको बताएका छन् ।
आज गृहमन्त्री थापाले संसद मा बोल्ने क्रम मा अनसनका भरमा स्वास्थ्य नीति बनाउन खोज्नु डा केसीको अधिनायकवादी शैली भएको बताउनु भएको हो ।
आज संसदलाई सम्बोधन गर्दै गृहमन्त्री बादलले डा. गोविन्द केसीलाई गिरफ्तार नगरिएको र विरोध गर्न रोक नलगाएको बताउनु भएको छ । तर, लोकतन्त्रका नाममा जहाँ पनि विरोध प्रदर्शन गर्न र अनसन बस्न नपाइने बताए । उनले भने, ‘विरोध प्रदर्शन गर्ने अधिकारलाई कुण्ठित गरिएको छैन । अनसन बस्न पाइन्छ ।’
गृहमन्त्री थापाले अतिशंवेदनशील ठाउँहरु अस्पतालमा अनसन बस्न नमिल्ने बताउनु भएको छ ।
उहाले भन्नु भयो “विद्रोह भए सरकारले सम्मान गर्ने तर, प्रतिविद्रोह भए कानुन विपरीत हुनेछ ।
Facebook Comments