Loading...
यी हुन् घुसखोर न्यायाधीश, जसले कामदारलाइ समेत ठगेर जम्मा गरे अर्बौको सम्पति

२० असार, काठमाडौं । न्यायपरिषदले काठमाडौं जिल्ला अदालतका न्यायाधीश अमृतबहादुर बस्नेतमाथि छानबिन गर्ने भएको छ ।

मलेसिया जाने नेपाली कामदारबाट अवैध रुपमा ३ अर्ब रुपैयाँ ठगी गरेको अभियोगमा मुद्दामा न्युन धरौटी लिएको प्रकारणमा जिल्ला न्यायाधीशमाथि छानबिन गर्ने निर्णय भएको हो । बुधबार बसेको न्यापरिषदको बैठकले छानबिन गर्न न्यायपरिषदका सदस्यहरु पदम वैदिक र रामप्रसाद सिटौलालाई जिम्मा दिइएको छ । कामदारबाट अवैध रुपमा रकम असुल गरेको आरोपमा भीएलएन नेपालका राम श्रेष्ठविरुद्ध २ अर्ब ८६ करोड १५ लाख रुपैयाँ बिगो र सोही बराबरको जरिवाना तथा ५ वर्ष कैद सजाय माग गर्दै सरकारी वकिलको कार्यालयले जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *