
२२ असार, काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले शेरबहादुर देउवा सरकारले गरेका राजनीतिक नियुक्ति बदर गर्ने निर्णय फिर्ता लिन सरकारलाई आग्रह गरेको छ ।
राष्ट्रियसभाको शुक्रबारको बैठकमा नेपाली कांग्रेसका सांसद तथा नेता जितेन्द्र देवले सरकारको निर्णयको विरोध गर्नु भएको छ ।
सरकारले राजनीतिक बदला लिने खोजेको र यसले द्वन्द्व बढ्ने भन्दै सचेत समेत गराउनु भएको छ । उहाले सत्तासिन पार्टी नेकपा लाइ कांग्रेस लाइ छाडेर एक्लै जे मन लाग्छ त्यो गर्छु भन्ने दम्भ नपाल्न समेत सरकार संग आग्रह गर्नु भयो
कांग्रेस र कम्युनिस्ट लड्दा प्रतिक्रियावादीहरुलाइ फाइदा भइ फेरि सँगै जेल जाने परिस्थिति आउनसक्नेतर्फ सरकारको ध्यानाकर्षण गराउनु भयो ।
Facebook Comments